कञ्चनपुर । अखिल क्रान्तिकारीले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना भएको भन्दै छानबिनको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालयको २करोड ५०लाख रकम हिनामिना भएकाले छानबिनको माग अघि सारेको हो ।
कञ्चन विद्यामन्दिर सामुदायिक कलेज अखिल क्रान्तिकारी इकाई कमिटिले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयको २करोड ५०लाख रुपैया दुई व्यक्तिका नाममा ठगि गर्ने शिब शिखर बहुउदेश्यीय सहकारीमा राखेर डुवाएको भन्दै शिघ्र छानबिनको माग अघि सारेको छ । क्याम्पस प्रमुखको समेत हस्ताक्षर किर्ते गरिएको भन्दै उक्त प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र कलेज प्रमुखको राजिनामा माग अघि सारेको छ । कञ्चन विद्यामन्दिर सामुदायिक कलेज अखिल क्रान्तिकारी इकाई कमिटिका सचिव तारी ठगुन्ना र अध्यक्ष भीम धामीद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दुईदिन भित्रै अध्यक्ष र प्रमुखले राजिनामा नदिए आन्दोलनको चेतावनी दिएको छ । केही दिन देखि सोही विद्यालयमा अध्ययनरत तथा अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्ट सहितका संचार माध्यमले विद्यालयको २करोड ५०लाख रुपैया शहरकारीमा राखेर हिनामिना भएको विषयमा विद्यालयबाट आधिकारिक रुपमा कुनै विषय सार्वजनिक नभएपछि अभिभावक सहित स्थानीय समेत गुमराहमा परेका छन । साच्चिकै २करोड ५०लाख हिनामिना भएको हो, वा अफबाह मात्रै भएको विषयमा अभिभावक र स्थानीय गुमराहमा परेकाले पत्रकार सम्मेलन मार्फत नै विद्यालयबाट स्पष्ट हुनुपर्ने माग अघि सारिएको छ । ५ भदौँमा कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले विद्यालयको रकम हिनामिना नभएको दावि गरेको छ । केही दिनदेखि अनुचित लाभका लागि व्यक्तिगत स्वार्थका लागि समाजिक सञ्जाल र मिडियामा भ्रम सृजना गरेको भन्दै भ्रमको पछी नपर्न आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुस