किशोर कुमार तामाङ 

कञ्चनपुर । बन्द रहेको कञ्चनपुर बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको हो ।

भन्सार कार्यालयका रुख बिरुवा काटेको प्रकरणमा डिभिजन वन कार्यालय कञ्चनपुरले पाँच जना बिरुद्धमा मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बिना ईजाजत रुख बिरुवा काटेको विषयमा वनले उप प्रमुख जोगराज चौधरी, वडाध्यक्ष सहितका पाँच जनाका नाममा मुद्दा दायर गरिएको बताए । सुचना अधिकारी अवस्थीका अनुसार बेलौरी नगरपालिका ६का वडाध्यक्ष भोजराज चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट, पुर्व शिक्षक एव बेलौरी भन्सार निर्माणका लागि पहलकर्ता केशवराज जोशी, स्थानीय युवा मदन सिह बोहरा बिरुद्धमा मुद्दा दायर गरिएको हो ।

बोहरा बाहेक चारै जना वनको नियन्त्रणमा छन । उनीहरु बिरुद्धमा वन ऐन ०७६ अनुरुप कार्बाही हुने वनले जनाएको छ । सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेबारी पाएका थिए । गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो । बुधबारै थुनछेक बहस हुनेछ ।

झाडी सफाइको नाममा रूख काटेपछि वडाध्यक्ष भोजराज चौधरीलाई डिभिजन वनले गत असोज पहिलो साता पक्राउ गरेको थियो । संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि १३ साउन ०८० मा वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो। झाडी सफाइका क्रममा सरकारी कार्यालयपरिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहितका बिरुद्धमा उजुरी गरेपछि वनले शुरुमै वडाध्यक्ष पक्राउ गरेर उक्त प्रकरणमा छानबिन अघि बढाएको थियो । कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिसरमा रहेका रूख काटेपछि भन्सारसमेत रुष्ट हुँदै भन्सारले वनलाई रूख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले अनुमतिविनै रूख कसैले पनि काट्न नपाउने बताएका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले चारै जना जनही ४५ हजार धरौटीमा रिहा भएको बताए । उनले प्रकृया नपु¥याउँदा कार्बाही गरिएको बताए ।

वर्षौँदेखि बन्द रहेको बेलौरी छोटी भन्सार कार्यालय खुलाउने प्रयास भईरहदा रुख काटिएको प्रकरणले स्थानीय समेत पक्ष विपक्षमा देखिएका छन । कसैले बेलौरीमा भन्सार कार्यालय स्थापना हुन नदिने षड्यन्त्र भनिरहेका छन, भने कसैले कानुन सबैले मान्नुपर्छ भन्ने मिश्रित धारणा दिईरहेका छन । यतिबेला उपप्रमुख जोगराज चौधरीले वडाध्यक्ष पक्राउ पर्दा आफुले रुख नकाट्न भनेपनि नमानेको बताएका थिए।

प्रतिक्रिया दिनुस