रमेश प्रशाद भट्ट 

कञ्चनपुर । भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान संचालन गरेको कञ्चनपुर प्रहरीले जिल्लाको एक सीमावर्ती बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा छापा मारेको छ । ब्रम्हदेबको सिद्धनाथ मन्दिर सार्वजनिक परिसरमै रहेका मदिरा पसल तथा होटलमा छापा मारेको हो ।

सार्वजनिक तथा मदिरा बिक्रि वितरण निषेधित क्षेत्रमा रहेका होटल तथा मदिरा पसलबाट प्रहरीले ठुलो परिमाणमा विभिन्न ब्राण्डका रक्सी बरामद गरेको छ । गत असोज दोस्रो साता सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रम्हदेब बजार समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय जनप्रनिधी, प्रहरी प्रशासन सहितको संयुक्त सार्वजनिक सुनुवाई कार्यक्तममा सरोकारवालाले सार्वजनिक स्थल (मन्दिर, विद्यालय)को २सय मिटर क्षेत्रभित्र मदिरा बेचबिखन भईरहेको भन्दै गुनासो गरेका थिए । उक्त सार्वजनिक सुनवाईबाट मन्दिर परिसर भन्दा २सय मिटर भित्र रहेका मदिरा पसल, होटलमा मदिरा बेचबिखन गर्न नपाईने सामुहित प्रतिबद्धता सहितको निर्णय गरिएको थियो । तर, केही होटल, रेष्टुरेन्ट व्यवसायी, तथा मदिरा पसलका संचालकले निरन्तर मदिरा बेखबिखन गरेको जन गुनासो आएपछि प्रहरीले मदिरा पसल र मदिरा बेच्ने होलटमा एक्सन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ब्रम्हदेब सिद्धनाथ मन्दिर परिषरमा रहेका मामाभान्जा क्याफे एण्ड रेष्टुरेन्ट, मधुशाला रेष्टुरेन्ट, मधुशाला कोल्ड स्टोर, आदित्य मदिरा पसल, सनसाईन रेष्टुरेन्ट, लब्ली होटलबाट विभिन्न ब्राण्डको लाखौँको मदिरा बरामद गरिएको छ । सनसाईन होटलबाट पार्वती फैन्सी होटरमा मदिरा लुकाएको भेटिएपछि उक्त मदिरा समेत बरामद गरेको छ । मधुशाला कोल्ड स्टोरमा शिलबन्दी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले गत महिना सार्वजनिक सुनुवाई कार्यक्तममा मन्दिर परिषरमा जताजतै मदिरा बेचबिखन भईरहेकाले नियन्त्रण गर्नका लागि आवाज आएको बताए । ‘हामीले व्यवसायीहरुलाई एक साताभित्र मदिरा हटाउन समय दिएका थियौँ, तर उनीहरुले मानेन्, बेचबिखन नै गरिरहे, आज हामी आएर अनुगमन गरेका छौँ ।’ मधुशाला कोल्ड स्टोर डिलरमा पनि मदिरा भेटिएकाले शिलबन्दी गरिएको बताए । ‘यो मदिरा मन्दिर परिषरमै रहेछ, ‘उनले भने, ‘त्यसैले अहिले शिलबन्दी गरेका छौँ ।’ सार्वजनिक स्थलमा मदिरा बेचबिखन रोकथाम गर्ने उदेश्यले अभियान थालिएको छ । प्रहरीले धार्मिक महत्व दर्शनार्थीको घुईचो लाग्ने सिद्धनाथ मन्दिर परिषर क्षेत्रमा रहेका मदिरा पसल होटल एव रेष्टुरेन्टमा मदिरा बेचबिखन रोकथाम गर्ने कार्य सरानिय भएको बताएका छन ।

ब्रम्हदेबको सिद्धनाथ मन्दिर सहित अन्य मन्दिर, विद्यालय परिषरमा रहेका मदिरा पसल, होटल एव रेष्टुरेन्टमा समेत मदिराको कारोबार भईरहेकाले रोक्नुपर्ने सुझाव दिएका छन । मदिरा बेचबिखन गर्दै आएका होटल एव पसलका संचालकहरुले आफुहरुले विगतदेखि बेच्दै आएको र गत असोजमा भएको सार्वजनिक सुनुवाई कार्यक्तम भएको थाहै नभएको बताएका छन । मधुशाला कोल्ड स्टोरका संचालक भुपेन्द्र क्षत्रीले आन्तरिक राजस्वदेखिका सबै निकायबाट मदिरा बेचबिखन गर्नका लागि लाईसेन्स भएको बताएका छन । पछिल्ला दिनमा कञ्चनपुर प्रहरीले गरिरहेको कामकाजले नागरिकले समेत सुशासनको प्रत्याभुति गरिरहेको जनाएका छन ।

प्रतिक्रिया दिनुस