कञ्चनपु्र । जाँउ है पोखरा अभियान सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा पुगेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र होटल संघ पोखराको आयोजनामा २९ पुषदेखि शुरु गरिएको जाउ है पोखरा अभियान २पुष सोमबार महेन्द्रनगर पुगेको हो । महेन्द्रनगर पुगेको अभियान टोलीले कञ्चनपुरका सरोकारवाला पक्षसंग छलफल गरेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटन भित्र्राउने उदेश्यका साथ अभियान थालिएको बताए । उनका अनुसार यस पटक भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा अन्तरकृया गरिएको छ । यस अघि ०७७, ०७४ र ०६८ सालमा समेत अभियान संचालन गरिएको थियो । अध्यक्ष सुवेदीले पोखरामा झण्डै एक हजार २सय होटलमा ४० हजार बेड रहेका छन । भने झण्डै पाँच खर्ब लगानी रहेका होटलमा १५ हजारले रोजगारी पाएका छन । अन्तरकृया कार्यक्तममा सरोकारवालाले आन्तरिक पर्यटन प्रर्बद्धनमा जोडदिएका छन । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले भारतीय पर्यटक भित्र्राउनका लागि महात्वपुर्ण नाका रहेको बताउँदै उनले महेन्द्रनगर–पोखरा कनेक्टिभिटीमा जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले खर्च गर्नसक्ने पर्यटक भित्र्राउनुपर्ने बताए । पर्यटन व्यवसायी समेत रहेका प्रमानन्द भण्डारीले समन्वय गरेर आन्तरिक पर्यटन पैर्बद्धनमा जोडदिए । बेदकोट नगरका मेयर भोजराज बोहरा र भीमदत्त नगरका मेयरले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि आ–आफ्नो पालिबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुस