कञ्चनपुर । कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका शाखा कार्यालयहरुको बार्षिक साधारण सभा शुरु भएको छ । कृष्णपुर नगरपालिका २ वाणी केन्द्रीय कार्यालय रहेको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका शाखा कार्यालयहरुको बार्षिक साधारण सभा शुरु भएको हो ।

सोमबारदेखि सहकारीको ११ औँ बार्षिक साधारण सभाका लागि इकाई भेला शुरु गरिएको सहकारीले जनाएकोे छ । चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवदत्त पन्तले इकाई भेला शुरु गरिएको बताए । पहिलो दिन कृष्णपुर नगरपालिका १ विशाल सामदायिक वनको सभा हलमा इकाई भेला गरिएको छ । भेलामा सहकारीको कामकाज भावि योजना बारे जानकारी गराईको छ ।

दोसैो दिन ३ पुषमा कृष्णपुर २, ३, लालझाडी, ४, ५ शुक्लाफाँटा नगरपालिका १२का शेयर सदस्यहरुको सहकारीकै भवनमा गरिनेछ ।

तेस्रो दिन ४ पुषमा कृष्णपुर नपा ७, ८, ९को शिव सामुदायिक वनको हलमा, चौथो दिन शुक्लाफाँटा नपा १, ७, ८, १०, ११को श्रीकृष्ण सामुदायिक वनको हलमा र पाचौँ दिन कृष्ण्पुर नपा ४, ५ र ६को हरियाली सामुदायिक वनका इकाई भेला राखिएको छ ।

प्रतिक्रिया दिनुस