कल्पना साउद

कञ्चनपुर । कञ्चनपुरमा पुष दोस्रो साता आईतबारदेखि ‘प्याब्सन महोत्सव’ हुन लागेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको आयोजनामा १५ पौषदेखि १८ गतेसम्म ‘प्याब्सन फेस्टिबल’ खेल हुने भएको हो । जिल्ला सदरमुकाम महेन्द्रनगरको कभर्ड हल मैदानमा महोत्सव संचालन हुनेछ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल कञ्चनपुरका अध्यक्ष अमराज भट्टले विद्यार्थीको नियमित अध्ययनका साथसाथै खेलकुदका माध्यमबाट ज्ञानसिप अभिबृद्धि गर्ने गराउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

प्याब्सन फेस्टिबल खेलमा जिल्लाभरिका ५० भन्दा बढी निजी तथा सरकारी विद्यालयका एक हजार भन्दा बढी विद्यार्थीहरू खेलमा समावेश हुने छन । अध्यक्ष भट्टका अनुसार विभिन्न १५ विद्याका खेलकुद खेलाईनेछ ।

उक्त खेल प्रतियोगितामा पहिलो, दोस्रो तेस्रो हुने टिमलाई सिल्ड, म्याडल पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताको खेल पुस १५ गते महेन्द्रनगरको कभर्ड हलको प्राङ्गणमा बिहान ९ बजे परराष्ट्र मन्त्री एनपी साउदद्वारा उद्दघाटन गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । पतियोगिताका मुल आयोजक समितिथका संयोजक महादेव भट्टले प्रतियोगिताका तयारी तिव्र रुपमा भईरहेको बताए । उनका अनुसार सहभागितादेखि विवित सबै क्षेत्रामा आवश्यक तयारी भईरहेको छ । महोत्सव संचालनका लागि झण्डै ५ लाख बढि खर्च हुनेछ ।

 

प्रतिक्रिया दिनुस