कञ्चनपुर । कञ्चनपुरको बागफाँटाकी एक बालिकामाथि बलात्कार भएको छ ।

भीमदत्त नगरपालिका १९ बागफाँटाकी १७ बर्षिया बालिकामाथि बलात्कार भएको हो । १० पुष साँझ ति बालिकामाथि बलात्कार भएको घटना पीडित प्रहरीकहँँ पुगेर खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले पीडित बालिकामाथि बलात्कार भएको घटनाबारे प्रहरीमा उजुरी परेको बताए । प्रवक्ता डाँगीका अनुसार पीडित पक्षबाट आएको जाहेरीका आधारमा २७ बर्षिया एक युवक पक्राउ परेका छन । प्रेम प्रकास जोशीलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । महिला अधिकारकर्मीले घटना मिलाउने खेलदेखि चलखेल नगर्न चेतावनी दिएका छन । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

 

प्रतिक्रिया दिनुस