कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वासबाट एक लाख भन्दा बढिको अवैध समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, पुनर्वास बोर्डर आउटपोष्टले भारतीय नम्बरको मोटरसाईकलमा तस्करी गरिरहेको अवस्थामा अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर चन्द नेतृत्वको टोलीले भारतीय मोटरसाईकल सहित लेडिज कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका अनुसार १लाख ३० हजार २सय रुपैँया बराबरको अवैध समान बरामद गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा तस्करी गरिरहेको ति तस्कर सशस्त्र प्रहरी देखेर फरार भएको जनाईएको छ ।

गत बर्ष सशस्त्र प्रहरी बलका एसपी प्रेम बहादुर रावलले जिल्लाको नेतृत्व सम्हालेपछि तस्करीजन्य गैर कानुनी गतिबिधीमा सशस्त्र प्रहरी सकृय भए लागेको छ । बरामद गरिएको अवैध समान सहित भारतीय तस्करको मोटरसाईकल त्रिनगर भन्सार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुस