आज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको    ऐक्यबद्धता रहेको छ ।

      विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको दस वर्षे घ सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय , लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द थियो । फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई  महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएका थिए भन्ने हाम्रो संगठनको  ठहर छ । तर उक्त महान् दश वर्षे जनयुद्धको मुख्य नेतृत्वले गध्दारी गरी सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको नेपालको दलाल संसदीय व्यवस्थालाई टिकाई राख्ने र त्यसकै सरकारको नेतृत्व गर्न पुगेपछि उपलब्धिका रुपमा रहेका जनसत्ता, जनअदालत , जनकम्युन , जन सरकार , जनमुक्ति सेना , हतियार समेत गुमाउन पुगेको र प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको  वर्तमान अवस्थामा तिनीहरूको पुनः प्राप्ति र थप उपलब्धिहरु हासिल गर्दै महान् नेपाली जनताको सुन्दर सपनाको रुपमा रहेको नयाँ जनवाद , वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढ्नका निम्ति देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , दशभक्त तथा  जनतान्त्रिक शक्तिहरु एकजुट हुन हामी हार्दिक अपिल गर्दछौं । यसो गर्न सके मात्रै २९ आौ नेपाली जनयुद्ध दिवस मनाउनुको  सार्थकता हुनेछ भन्ने हाम्रो ठहर छ ।
                         क्रान्तिकारी अभिवादन सहित ।
मिति : १ फागुन २०८०
     (१३ फेब्रुअरी २०२४)
प्रतिक्रिया दिनुस