बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले फर्जी कागजात बनाएको खुलासा भएको छ । उपाध्यक्ष नाथले सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीको सहायतामा बेलडाँडी गाउँपलिका बाट घर नक्सा प्रमाणित कागजात फर्जी बनाएको खुलासा भएको हो । उनले बेदकोट नगरपालिका कार्यालय अगाडी रहेको सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट आफ्नो दुई तले घरको फर्जी नक्सा बनाएका हुन ।

उक्त कन्सल्टेन्सीले बिना आधारको ऐलानी जमिनमा घर बनेको नक्सा पास गरेको छ । उक्त घर नक्सा पास गर्न सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीले प्रमाणित गरेको फर्जी कागजात मिति २०७७ माघ २३ गते पालिकामा पेश गरेकी थिइन ।

त्यसकै आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले जो जस संग सम्वन्धित छ भनेर घर नक्सा प्रमाणित गरेका थिए । उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिका वडा नं.२ भित्रको नक्सा सिट नं. ०२६ ०५०४ अन्तरगत कित्ता नं. ३५७ मा क्षेत्रफल ०,४०० ब.मी.जग्गामा पक्की भवन ग्राउण्ड फलोरको क्षे.फ. ६९१.१३ र पहिलो तला ६९१.१३ वर्ग फिट भवनको ६ वेडरुम, २ सिडी, २ गेलरी, १ सटर पक्की घर बनेको भन्ने फर्जी कागज बनाएकी थिइन । उपाध्यक्ष नाथले फर्जी कागजातमा उल्लेख घरको कित्तामा कुनै घर छैन् ।

उनले फर्जी कागजमा उल्लेख गरे अनुसारको घर बेलडाँडी गाउँपालिका देखि बेलडाँडी बजार जाने साविक बाटोमा रहेको छ । बेलडाँडी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी र सब इन्जनियर जय कुवरले पनि हचुवाका भरमा प्रमाणित गरेका छन् ।

कन्सेल्टेन्सीले उपाध्यक्ष नाथको घर नक्सा २०७८ मा प्रमाणित गरेको छ भने उपाध्यक्ष नाथले घर जग्गा प्रमाणितका लागि पालिकामा २०७७ मै घर निर्माण भइसकेको निवेदन पेश गरेको कागजातमा खुलेको छ ।

यस कारण पनि उपाध्यक्ष नाथले पेश गरेका कागजात फर्जि भएको पुष्टि हुन्छ । पालिकाले फल्गुन ८ गते २०७८ का दिन जो जस संग सम्वन्धित छ भन्दै प्रमाणि चिट्ठी बनाइदिए पछि उपाध्यक्ष नाथ झन उत्साहित भएकी देखिन्छन ।

उनले तिनै फर्जी कागजात पेश गरि बैंकबाट ऋण लिएकी थिइन् । नापी कार्यालय बेलौरी कञ्चनपुरको नक्सा अनुसार उपाध्यक्ष नाथले बनाएको घर साविक सडकमा रहेको देखिन्छ । साविक सडकमा रहेको घर र कित्ता नंं ३५७ को जग्गा झण्डै आधा किलोमिटर भन्दा बढीको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुस