कञ्चनपुर । बेलडाँडी गाउँपालिकाका उप प्रमुख शान्ती नाथ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले फर्जी कागजात बनाउने गैरकानुनी कार्य गरेको भन्दै सत्यतथ्य छानविन गरि कार्वाहीको माग गर्दै उप प्रमुख नाथ विरुद्ध अख्तियार दुरुपोगा अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा उजुरी दर्ता गराएका हुन ।

अख्तियार अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख रमेश कुमार केसीले पनि क्रान्तिकारी युवा संगठनले दिएको उजुरी दर्ता भईसकेको बताए । उनले उजुरीको प्रक्रिया अनुसार सत्यतथ्य छानविन गरी अगाडि बढाईने बताए ।

उजुरीमा उपाध्यक्ष नाथले कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका वडा नम्वर २ (साविक वडा नं.८) बस्ने शान्ति नाथ (हाल बेलडाँडी गाँउपालिका उपाध्यक्ष) ले यस बेलडाँडी गाँउपालिका वाड न. २ स्थित सिट न. ०२६०५०४ साविक सिट न. २६०५०४ को कित्ता नम्वर ३५७ को जम्मा क्षेत्रफल ०.४०० वर्ग मिटर जग्गामा हुदै नभएको घर छ भनि घरको नक्सा तयार गरी साविकको लक्ष्मी बैंकबाट तथा हालको लक्ष्मी सनराइज बैंकबाट उक्त हुदै नभएको घर जग्गा धितो राखि फर्जी नक्सा तयार गरि बदनियत कार्य गरेको क्रान्तिकारी युवा संगठन नेपाल जनाएको छ ।

उपाध्यक्ष नाथले फर्जी कागजपत्र बनाएको विषयमा आज अभियान दैनिक, कञ्चनपुर पोष्ट र विभिन्न अनलाईन मिडियाहरुमा एकसाथ समाचार प्रकाशित भएको थियो ।

उजुरीमा पालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले समेत मिति २०७८÷११÷०८ गतेका दिन सेती ईन्जिनियरिङ कन्सेल्टेन्सी वेदकोट नगरपालिका कञ्चनपुरले पेश गरेको निवेदन कै आधारमा उक्त जग्गामा हुदै नभएको घर भवन सम्पन्न भएको प्रमाणित गरि बदनियत पूर्व कार्य गरेकोले त्यसको पनि छानविन गर्न माग गरेका छन् ।

 

उजुरीमा उपाध्यक्ष नाथलाई सो कार्य गर्न गराउनमा प्रत्यक्ष संलग्न देखिएका सेति ईन्जिनियर कंसल्टेन्सीका प्रमुख हरि शंकर राना, प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशी र लक्ष्मि वैक साखा महेन्द्रनगरका प्रबन्ध निर्देशकमाथि आवश्यक अनुसन्धान तथा छानवीन गरी कानुन बमोजिम कार्वाहि गर्न क्रान्तीकारी संगठनले उजुरीमा माग गरेका छन् ।

प्रतिक्रिया दिनुस