कञ्चनपुर । सेती इन्जनियरिङ्ग कन्सल्टेन्सीले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई जालसाजी गरेको आरोप लगाएको छ । आफुहरुलाई झुटो विवरण दिएको र फिल्डमा जादा समेत उनले ३५७ नंम्बर कित्ता यही भन्दै साविक सडकमा रहेको घर देखाएको कन्सल्टेन्सिमा कार्यरत फिल्ड कर्मचारी हरीशंकर रानाले बताए । ‘हामीले नाथलाई चिनेका थिएनौ, फिल्डमा जादा उनले कित्ता नंम्बर ३५७ मा बनेको यही घर हो भन्यो, हामीले घरको नाप जाँच गरौँ,’ उनले भने ‘उनले भनेको कुरामा हामीले विश्वास गरी घरको नापजाच मात्रै लियौ, नाथले त हामीलाई जालसाजीमा पारेका रहेछन् बल्ल थाहा भयो ।’

 

सुरुमा बेलडाँडी गाउपालिकाका प्राविधिक तेज सिंह सुनारले कन्सल्टेन्सिमा फोन गरी नक्सा बनाई दिन आग्रह गरेको कन्सल्टेन्सि कर्मचारी हरीशंकर रानाले बताए । प्राविधिक सुनारले भनेअनुसार नाथको घरमा जाँदा नाथले जग्गाको लालपुर्जा र नक्सा हातमा दिएको कन्सल्टेन्सिका कर्मचारी रानाले बताए । ‘नाथले कित्ता नंम्बर ३५७को साईडमा सडक भएको र यो घरको साईडमा पनि सडक देखाएपछि मैले पनि होला जस्तो लाग्यो घरको नाप जाँच लिएर नक्सा बनाए’, कर्मचारी रानाले भने ‘घरधनी नाथले मलाई देखाएको सडक नभई टर्सरी रहेछ, त्यो घर पनि साविक सडकमा रहेको कुरा अहिले आएर थाहा भयो ।’

 

रानाले गल्ती भएको स्किार गर्दै उपाध्यक्ष नाथले आफ्नो स्वार्थको लागि कन्सल्टेन्सीलाई प्रयोग गरेको बताए । ‘उनले आफ्नो स्वार्थको लागि हामीलाई फसाएका छन्, उनको स्वार्थ केथियो उनीहरुलाई थाहाँ होला,’ कर्मचारी रानाले भने ‘कन्सल्टेन्सीलाई चाही आफ्नो स्वार्थका लागि प्रयोग गरेका छन्, तर हामीलाई यसरी नझुक्याएको भए हुने थियो ।’

उपाध्यक्ष नाथले कन्सल्टेन्सिबाट बनाएको फर्जी कागजपत्र प्रयोगगरी पालिकाबाट समेत दुई तले घरको फर्जी नक्सा बनाईसकेकी छन् । तर फर्जी नक्सामा रहेको उनको दुई तले घर उक्त कित्तामा नभई साविकको सडकमा रहेको छ । उपाध्यक्ष नाथ विरुद्ध अख्तियार अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा समेत उजुरी परिसकेको छ ।

उपाध्यक्ष नाथले फर्जी कागजपत्र बनाएको विषयमा अभियान दैनिक, कञ्चनपुर पोष्ट र विभिन्न अनलाईन मिडियाहरुमा एकसाथ समाचार प्रकाशित भएपछि अख्तियार अनुसन्धान आयोग कञ्चनपुर कार्यालयमा पनि उजुरी परीसकेको छ ।

 

उजुरीमा फर्जी कागज बनाउने उपाध्यक्ष नाथ, पालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी, सव ईन्जिनियर जय कुँवर, सेती ईन्जिनियरीङ्ग कन्सल्टेन्सिमाथि छानविन गरि कार्वाही गर्न माग गरिएको छ ।

 

उजुरीको विषयमा सत्यतथ्य बुझी तत्काल छानविन प्रक्रिया अगाडि बढाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले बताएका छन् ।

यस अघि समेत उपाध्यक्ष नाथले बेलडाँडीको एक विद्यालयबाट ३ लाखको चेक अवैध तरिकाले बुझेकी तर अख्तिर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उक्त रकम विद्यालयलाई फिर्ता गरेकी थिइन । सो उजुरी अख्तियारको अनुसन्धान प्रक्रिया मै रहेको छ ।

प्रतिक्रिया दिनुस