कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३खैरिघाट कमरीका केही स्थानीयले वडा पालिका सरकारले पुर्वाग्रही भएर आफुहरुको उठिबासी गराउन खोजेको दुखेसो पोखेका छन ।

बेलडाँडी कमरीका स्थानीयले आफुहरुको घर सडकमा परेको भन्दै छानिछानी उठिबास गराउन खोजिएको भन्दै दुखेपो पोखेका हुन । राजनीतिक पुर्वाग्रही ढङगबाट सडक विस्तारका नाममा आफुहरुको घरखेतीमा सडक लग्न लागेको भन्दै दुखेसो पोखेका छन ।

उनीहरुले बषौँदेखि बसेको स्थानमा आएर वडा सरकारले घरखाली गराउनका लागि सुचना जारी गरेको भन्दै आपत्ति जनाएका छन । कमरीका स्थानीय छिदु रानाले बेलडाँडी ३का वडाध्यक्ष दुर्गा चौधरीले आफुहरुसंग राजनीतिक प्रतिशोध साँधेर सडक विस्तार गर्न खोजेको आरोप लगाए । ‘हामीहरु यो बस्तीमा ०२४सालदेखि बसेका हौँ, ‘उनले भने, ‘भएको सडकमा दुई दुई कल्भट समेत हालेको छ, तैपनि हामीहरुमाथि सडक विस्तारका नाममा घर भत्काउने खोजियो ।’

अर्का स्थानीय जगत रानाले पनि काँग्रेसबाट निर्वाचित वडाध्यक्ष दुर्गा चौधरीले राजनीतिक पूर्वाग्रही राखेर आफुहरुका घर तर्फ सडक ल्याएको आरोप लगाए । ‘विगतदेखिको बाटोमा सरकारी निकायबाटै ग्राभिल हाल्नेदेखि कल्र्भट समेत हालिएको छ, तर आज आएर वडाले एकतर्फ रुपमा सडक विस्तार गरेर आफुहरुको उठिबासी गराउन खोजेको छ ।’

स्थानीय पृथ्वी रानाकी श्रीमतीले आफ्नो विगतदेखिको खेतमा नक्सा छ, भन्दै सडक ल्याएर निर्माण गर्न लागेको घर भत्काउन खोजिएको बताए । ‘यस गाँउमा सार्वजनिक सडक जमिनमा थुप्रै घर छन, तर मेरो मात्रै भत्काउन खोजियो, ‘उनले भने, ‘यो भन्दा ठुलो के अन्याय हुन्छ ।’

स्थानीय नेता राम बहादुर सिहले राजनीतिक पुर्वाग्रही रुपमा सडक विस्तारका नाममा जनता विस्थापित गराउन खोजिए त्यस बिरुद्धमा पाटीबाट आन्दोलन चेतावनी दिए ।‘हाम्रो बेलडाँडी गाँउपालिका ३मा मात्रै थुप्रै सार्वजनिक जमिनमा घर सहितका संरचना बनेका छन, कि सबै खाली गराउनुप¥यो, होईन भने, यसरी राजनीतिक अग्रह पूर्वाग्रही राखेर कसैका घर संरचना खाली गराउन पाईदैन, यति गरे त्यस बिरुद्धमा पाटी एक्सनमा उत्रिन्छ ।’

नरेश राना, जगत राना, पृथ्वी राना, कल्लु राना, चन्द्र राना, किसन राना, सन्त राना सहितका दर्जनौँ स्थानीयले साविक अनुरुप सडक विस्तारको माग अघि सारेर वडा र पालिकामा समेत निवेदन दिएका छन । स्थानीयहरुले स्थानीय सरकारले जनतालाई सेवा सुविधा दिनुपर्ने ठाँउमा एक पक्ष लागेर समस्यामा पार्ने काम गरेको भन्दै न्यायोचित काम गर्न अनुरोध गरेका छन । जनप्रतिनिधी भएर राजनीतिक रुपमा एक पक्षमा लागेर अर्कोमाथि अन्याय गर्ने काम गरेको उनीहरुको दुखेसो छ ।

बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष दुर्गा चौधरीले सिद्धराना सहितका केही स्थानीयले आफ्नो दर्ता जमिनमा रहेको सडक हटाउनुपर्ने माग अघि सारेर निवेदन दिए अनुरुप वडा र पालिकाले नक्सा अनुरुप सडक विस्तार गर्न खोजेको बताए । वडाध्यक्ष चौधरीका अनुसार ०७६ सालदेखिको विवाद निरुपणका लागि पटक पटक अमिन ल्याउँदा समेत पृथ्वी राना सहितका केही स्थानीयको घर सडकमा परिरहेको बताए । पृथ्वी रानालाई घर नबनाउन आग्रह गर्दा गर्दै बनाएको बताए । वडाध्यक्ष चौधरीले आफुले राजनीतिक रुपमा आग्रह पूर्वाग्रह नराखेको दावि गरेका छन । ‘मैले सडक विस्तारमा कुनै पक्ष विपक्षमा आग्रह पुर्वाग्रह राखेको छैन, ‘उनले भने, ‘आफुमाथि लगाएका आरोप मात्रै हुन ।’

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले कमरीको सडक विवाद सम्बन्धीत पक्षसंग स्थलगत बुझेर निरुपण गरिने बताए ।

 

 

प्रतिक्रिया दिनुस