कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले फर्जी कागजात पेश गरेर लिएको ऋणको बिषयमा क्रान्तिकारी युवा संगठनले बैंकलाई ३ दिन भित्र सूचना उपलब्ध गराउन निवेदन पेश गरेको छ ।

 

शुक्रवार कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका तथा विभिन्न अनलाइनमा बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरणको समाचार बाहिरिए पछि क्रान्तिकारी युवा संगठनले चासो देखाउदै फर्जी कागजातका बिषयमा महेन्द्रनगर बजारमा रहेको लक्ष्मी सनराइन बैंकलाई के कस्ता कागजात पेश गरेर ऋण लिएको र उक्त रकम गत शुक्रवार चुक्ता गरेको खवर आएपछि सत्यतथ्य सूचना माग गर्दै बैंकलाई पत्राचार गरेका हुन ।

 

उपाध्यक्ष नाथले घरै नभएको कित्तामा ३ तले घर देखाएर र बेलडाँडी बचारमा आफ्नो ठुलो ब्यापार रहेको फर्जी कागजात पेश गरेर ठुलो रकम लिएको खुलासा भएपछि पत्रकारहरुले बैंकलाई सुचना माग्दा बैंकले झटपट आफ्नो पैसा असुले पछि झिन संका बढेको हो ।

 

पत्रकार संग बैंक म्यानेजर योगेश भट्टले उपाध्यक्ष नाथले फर्जी कागजात पेश गरेको स्वीकार गरेका छन् तर पुरा विवरण दिन भने मानेनन् । क्रान्तिकारी युवा संगठनले बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने शान्ति नाथले नक्कली कागजात खडा गरि ऋण लिएको एकमुष्ट ऋण चुत्ता गरेको जानकारी आएकोले रकमको श्रोत खुल्ने गरि ऋण लिदा पेश गरेका सम्पुर्ण कागजात र बैंकले धितो मुल्याङ्कन गरेका कागजात नेपालको संविधान धारा २७ तथा सूचनाको हक सम्वन्धि ऐन २०६४ को दफा ६ को उपदफा १ बमोजिम सूचना उपलब्ध गराइदिन पत्राचार गरेका छन् ।

प्रतिक्रिया दिनुस