बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष दुर्गा चौधरीले सिद्धराना सहितका केही स्थानीयले आफ्नो दर्ता जमिनमा रहेको सडक हटाउनुपर्ने माग अघि सारेर निवेदन दिए अनुरुप वडा र पालिकाले नक्सा अनुरुप सडक विस्तार गर्न खोजेको बताए । वडाध्यक्ष चौधरीका अनुसार ०७६ सालदेखिको विवाद निरुपणका लागि पटक पटक अमिन ल्याउँदा समेत पृथ्वी राना सहितका केही स्थानीयको घर सडकमा परिरहेको बताए ।

 

पृथ्वी रानालाई घर नबनाउन आग्रह गर्दा गर्दै बनाएको बताए । वडाध्यक्ष चौधरीले आफुले राजनीतिक रुपमा आग्रह पूर्वाग्रह नराखेको दावि गरेका छन । ‘मैले सडक विस्तारमा कुनै पक्ष विपक्षमा आग्रह पुर्वाग्रह राखेको छैन, ‘उनले भने, ‘आफुमाथि लगाएका आरोप मात्रै हुन ।’

 

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले कमरीको सडक विवाद सम्बन्धीत पक्षसंग स्थलगत बुझेर निरुपण गरिने बताए ।

प्रतिक्रिया दिनुस