कञ्चनपुर । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा सगठन नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको दोधाराचाँदनी नगरपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरको २०औँ जिल्ला भेला सम्पन्न भएको हो ।

भेलामा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले तीनै तहका सरकारले विद्यालय कर्मचारीप्रति अन्याय गरेको दुखेसो पोखेका छन । उनीहरु निजामती कर्मचारीहरुको जस्तै काममा खटिनुपर्ने तर, सेवा न्यून स्तरको हुँदा विद्यालय कर्मचारी समाजिक, आर्थिक, रुपमा समस्यामा परेको बताएका छन ।

कार्यक्रमका संचालक समेत रहेका नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरका जिल्ला सचिव महानन्द पाण्डेयले विद्यालय कर्मचारीहरुले पटक पटक पालिका, प्रदेश र संघीय सरकारसंग विवित पेशागत माग अघि सारेर ज्ञापन पत्र डेलिगेशन आन्दोलन गर्दा समेत आफुहरुका मागप्रति कुनै चासो नै नदेखाएको दुखेसो पोखेका छन ।

सचिव पाण्डेयले नेपाल राज्यभित्रै यस्तो विभेदकै कारण विद्यालय कर्मचारी अन्यायमा परेको बताए । तीनै तहका सरकारले विद्यालय कर्मचारीहरुको पीडा बुझिनिदुपर्नेमा उनले आग्रह गरेका छन ।

नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका कोषाध्यक्ष मेघनाथले समेत निजामती कर्मचारी जस्तै विद्यालय कर्मचारीले पनि १०टु ५ वा सो भन्दा तलमाथि बढि काम गर्दा समेत न्यायोचित मुल्याङ्गकन नभएको दुखेसो पोखे ।

उनले विद्यालय कर्मचारीको पिरमर्का बुझेर सरकारले दरबन्दी थप्दै सोही अनुरुप सेवा सुविधामा जोडदिए । कामको प्रकृति भन्दा ज्यादै न्यून ज्यालामा काम गर्न बाध्य भएको भन्दै उनले विद्यालय कर्मचारीहरुको महत्वलाई बुझिदिन तीनै तहका सरकारसंग आग्रह गरेका छन ।

कार्यक्रममा विद्यालय कर्मचारी, शिक्षक संघ संगठनहरुका अगुवाहरुले समेत विद्यालय कर्मचारीहरुको सेवा सुविधा बृद्धिमा जोडदिए । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका सरस्वती मावि दोधाराचाँदनीका प्रअ कृष्ण बहादुर चन्दले विद्यालय संचालनमा कर्मचारीहरुको समेत महत्वपूर्ण कामकाज भूमिका हुने भन्दै उनीहरुको सेवा सुविधा बृद्धि गर्नुपर्ने बताए ।

प्रमुख अथिति समेत रहेका दोधाराचाँदनी नगरपालिका प्रमुख किशोर कुमार लिम्बुले विद्यालय कर्मचारीका थुप्रै समस्याबारे आफु अवगत भएको बताउँदै आफ्नो तर्फबाट विद्यालय कर्मचारीको हकहित सेवा सुविधा विस्तारका लागि पहल गर्ने आश्वासन दिए । नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका अध्यक्ष ईन्द्रसिह कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस