कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका एक सामुदायिक विद्यालयकी छात्रा नगरका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट भएकी छिन । गत शैक्षिक सत्र ०८० मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(इसइई)मा कृष्णपुर नगरपालिका ६ बसन्तपुरको महाकाली नमुना माध्यामिक विद्यालयकी छात्रा सिबी कुँवर नगरका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट भएकी हुन ।

कृष्णपुर नगरपालिकाको तथ्याङ्क अनुसार कुँवरले नगरभरीका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट नतिजा ३.७६ जिपिएर ल्याएर छिन । महाकाली नमुना माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुरन सिह बोगटीले छात्रा कुँवर विद्यालयमा अनुशासित एव मेहनती भएको बताए । कुल ६२ मध्ये १० विद्यार्थी उर्तिण भएको बताए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले छात्रा कुँवरले नगरभरीका विद्यालय मध्ये राम्रो जिपिए ल्याएको भन्दै उज्जल भविष्यको कामना गरेका छन । कृष्णपुर नगरका १३ विद्यालयका विद्यार्थी एसइईमा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुस