ईसु नेगी 

कञ्चनपुर । कञ्चनपुरमा आर्थिक, समाजिक तथा साँस्कृतिक सवालमा सरोकारवालासग कार्यशाला गोष्ठी गरिएको छ । मंगलबार महेन्द्रनगरमा आर्थिक, समाजिक तथा साँस्कृतिक सवालमा सरोकारवालासग कार्यशाला गोष्ठी गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनगढीले सरोकारवाला निकाय पक्षसंग नागरिकको आर्थिक, समाजिक तथा साँस्कृतिक सवालमा कार्यशाला गोष्ठी गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुप प्रदेशका संयोजक खडकराज जोशीले राज्यबाट नागरिकलाई प्रदान गरिएका मौलिक हक अधिकार समेत कार्यान्वयन नभएको अवस्थामा जिल्लाका सरोकारवाला पक्षसंग छलफल गरेर कार्यान्वयन तर्फ उन्मुख गराएको बताए ।

प्रदेश संयोजक जोशीले मुलुकमा तीन तहका सरकार भएपनि नागरिकका हक अधिकार कार्यान्वयनमा तीनै तह उदाशिन भएकाले नागरिकले मानव अधिकारको अझैपनि प्रत्याभूति गर्न नसकेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग सुप प्रदेशका प्रमुख हरि ज्ञवालीले संविधानमै भएका नागरिकका मौलिक हक अधिकार कार्यान्वयन गरेर नागरिकलाई आर्थिक, समाजिक तथा साँस्कृतिक रुपमा बलियो बनाउनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नागरिकको हक अधिकार सुनिश्चिताका लागि सरोकारवाला जिम्मेबार बन्नुपर्नेमा जोडदिए । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले नागरिकका मौलिक हक अधिकारका लागि प्रतिबद्धता व्यक्त गरेकी छिन । सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले समेत प्रदेश सभा प्रदेश सरकार नागरिकको मौलिक हकका पक्षमा रहेको बताए ।

कार्यक्रममा सरोकारवालाहरुले नागरिकलाई राज्यबाट प्रदान गरिएका मौलिक हक अधिकार सरकारी निकायमा रहेका कार्यान्वयन तहमै बसेका व्यक्तिबाट उलङघन भईरहेको भन्दै कानुनी रुपमा प्राप्त सम्वैधानिक हक अधिकार व्यवहारिक कार्यान्वयनमा जोडदिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कञ्चनपुरका संयोजक लिलि कुँवरले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, प्रशासन, प्रहरी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी लगायतका सरोकारवाला प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस