कञ्चनपुर । प्रतिनिधी सभा सदस्य(सांसद) तारालामा तामाङ्गले विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको झर्नाखोलामा तटबन्ध निर्माण गर्न माग अघि सारेका छन ।
सोमबार प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद तामाङ्ग आफ्नो निर्वाचन क्षेत्र १बेलडाँडी र बेलौरी भएर बग्ने झर्नाखोलामा तटबन्ध निर्माणको माग अघि सारेका हुन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९को सीमा भएर बग्ने झर्नाखोलाले विगतका बर्षहरुमा उर्बराभूमि क्षतिकरण भईरहेको ईङगित गर्दैै सांसद तामाङ्गले यथाशिघ्र तटबन्ध र गत बर्ष वाढीले भत्किएको पुल पुलेसा निर्माणमा जोडदिएका छन । झर्नाखोलासगै दोदानदी, महाकाली सहितका नदीखोला नियन्त्रणका लागि सरकारले योजना ल्याउनुपर्नेमा जोडदिएका छन । बर्षनी झर्नाखोला, दोदा महाकालीले नागरिक भयाभह भईरहेको भन्दै समयमै तटबन्ध निर्माण गर्न आग्रह गरेका छन । देशका तीन सरकार भएपनि झर्नाखोला सहितका नदीखोला नालामा सरकारले तटबन्ध निर्माणका लागि चासो समेत नदेखाएको चुनावका बेला जनताले उम्मेदवार, नेता दल समक्ष आवाज उठाउँदै आएका छन ।