कञ्चनपुर । सुदूरपश्चिम प्रदेश डोटी दियालयमा रहेको निजामती कर्मचारी आवासीय विद्यालयका नव नियुक्त प्रद्यानाध्यापकको स्वागत एव अभिभावकसंग अन्तरक्रिया गरेको छ ।
विद्यालयले चालु शैक्षिक सत्र ०८२ को विद्यार्थी भर्ना शैक्षिक पठन पाठनदेखि नव नियुक्त प्रद्यानाध्यापक देवकी भट्टलाई फुलमाला लगाएर स्वागत गरेको हो । विद्यालय संचालक समितिले शिक्षिका भट्टलाई निमित्त प्रद्यानाध्यापककोे जिम्मेबारी दिईएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रधानाध्यापक देवकी भट्टले विद्यालयको गुणस्तर वृद्धि, विद्यार्थीहरूको समग्र विकास र शिक्षक(अभिभावक सहकार्यको महत्वमा जोड दिनुभयो। उनले विद्यालय सुधारका लागि अभिभावकज्यूहरूबाट सकारात्मक सुझाव र निरन्तर सहयोग अपेक्षा गर्नुभयो। अभिभावकज्यूहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, भौतिक पूर्वाधार सुधार र अतिरिक्त क्रियाकलाप सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेकी थिएन ।
प्रधानाध्यापक भट्ट सहित शिक्षकहरुले अभिभावकहरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर विद्यालय सुधारको कार्ययोजनामा समेट्ने प्रतिबद्धता जाहेर गरेका छन । शिक्षक मनोहर भट्टले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्तममा शिक्षक, अभिभावक सहित सरोकारवालाको सहभागिता रहेको थियो ।