कञ्चनपुर । एसपी चक्रराज जोशीले गत बर्ष ०८१फागुन पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए ।
झण्डै १४ महिना विवादरहित रुपमा एसपी जोशी नेतृत्वमा प्रहरीले विभिन्न अपराधमा मुछिएका फरार अभियुक्तदेखि ठुला हत्या काण्डमा सफल अनुसन्धान गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विभिन्न अपराधमा मुछिएका १ हजार २सय ६५फरार अभियुक्त मध्ये चालु आर्थिक बर्षको १० महिनामा मात्रै ३सय ९७फरार अभियुक्त पक्राउ परेका छन ।
आर्थिक बर्ष ०७९÷०८०मा ९२, ०८०÷०८१मा २सय ४५ र चालु आर्थिक बर्षकोे बैशाख दोस्रो सातासम्ममा ३सय ९७फरार अभियुक्त पक्राउ परेका हुन ।
गत आर्थिक बर्ष ०८०÷०८१मा ६करोड ३७लाख, ८५ हजार ५सय १९रुपैया बराबर भन्सार चोरीछलीको समान बरामद गरेको प्रहरीले चालु आर्थिक बर्ष ०८१÷०८२कोे बैशाख दोस्रो सातासम्ममा ६करोड, १६ लाख, ७४ हजार ४८७रुपैया बराबरका अवैध समान बरामद गरेको छ ।
चालु आर्थिक बर्ष ०८१÷०८२मा ३सय ४३क्युफिट अवैध काठ सहित ११लाख, ५५ हजार ६६०रुपैया राजस्व सहित ६सवारी साधन बरामद ७ मानिस पक्राउ गरेको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ ओसार्ने ५२टेक्टर, २टिप्पर बाट ५२ सवारी साधन र ३४ मानिस पक्राउ गरी ९लाख १सय बराबरको राजस्व संकलन गरिएको थियो ।
लागु औषध तर्फ गत आर्थिक बर्षमा ३२ महिला, २५५ पुरुष गरेर २सय ८७मानिस र चालु आर्थिक बर्षको बैशाख दोस्रो साता सम्ममा ११महिला, १८९पुरुष सहित २सय मानिस पक्राउ परेका छन । उनीहरुको साथबाट ब्राउन सुगर, चरेश, गाँजा, एम्पुल, ट्यालेट जस्ता लागु औषध बरामद गरिएका छन । यस्तै बन्यजन्तु तर्फ चितुवाको छाला, जयारोको सिङ, बदेलको बाङगा सहितका ओखेटोपहार बरामद गरिएको छ ।
जुवातास तर्फ अघिल्लो आर्थिक बर्ष ०८०÷०८१मा १सय ९ जुवाडेको खालबाट ६लाख, ५० हजार ३सय र चालु आर्थिक बर्षमा १सय ७०जुवाडेबाट १२लाख, ३० हजार २९५ रुपैया बरामद गरिएको छ ।
बेस्याबृति तर्फ गत आर्थिक बर्ष ०८०÷०८१ मा ५ महिला ४ पुरुष र चालु आर्थिक बर्षमा ४ महिला ६ पुरुष पक्राउ गरेका छन ।
१३ मंसिर ०८१ मा बेलौरी नगरपालिका ६भुराकोटमा भारतीय भारुक भन्ने नागरिकसंग मिलेर श्रीमान शियाराम रानाको हत्यामा संलग्न श्रीमती सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएर हाल दुवै कारागार चलान भएका छन । १५ मंसिर ०८१ मा भीमदत्त नगरपालिका ८ तिलाचौरका पुर्व प्रहरी नरेन्द्र सिह विष्टले आफ्नै श्रीमती ज्योती ठगुन्नाकोे हत्या, ८ कार्तिक ०८१ मा लालझाडी गाँउपालिका १ बिनबारीका रमेश बडायक,कमला दाम्पतीको हत्या गर्ने सोही गाँउपालिका २ कञ्जका ४३ बर्षिया गंगराम रानालाई पक्राउ गरेर पुरपक्षका लागि जेल चलान भएका छन ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत ५सय ५९ पटक झण्डै १६ हजार नागरिकलाई अभिमुखिकण गराएको छ । प्रहरीको आन्तरिक तर्फ हिरासत मर्मत, पुस्तकालय स्थापना, बृक्षारोपण, मेलमिलापन चौतारीदेखिका कार्यक्रम गरिएको छ ।
एसपी जोशीले विवारहित रुपमा सरोकारवालासंग समन्वय गरेर ठुलठुला घटना समेत सर्टडाउन गरेको नागरिकको समेत मुल्याङ्गकन छन । उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघदेखिका सरोकारवालाले विदाई गरिरहेका छन ।
एसपी जोशीले बेलडाँडीका हरिकिसन राना र लालझाडीका रामरेशर राना घटनाको अनुसन्धान भईरहेको बताए । ०७५ सालमा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला हत्या काण्डको समेत अनुसन्धान जारी रहेको एसपी जोशीले बताए । यस अघि प्रहरी निरीक्षक हुँदा एसपी जोशी कञ्चनपुरमा वडा प्रहरी कार्यालयमा इन्चार्ज र कञ्चनपुरमा जिल्ला प्रहरी कार्यालयका कार्यरत थिए । हालै उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छ । एसपी जोशीले आफु जहाँ भएपनि कानुन अनुरुप ईमान्दारितापुर्वक कामकाज गर्नुपर्नेमा जोडदिएका छन ।