कञ्चनपुर
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीविच विवाद मात्रै होईन एक आपसमा कुटाकुट भएको छ । १४ साउनमा तोकिएको सुप विश्विद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर स्ववियु निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीविच कुटपिट भएको हो । आइतबार महेन्द्रनगर पाटी कार्यालयमा भएको अनौपचारिक छलफलका क्रममा नेताहरुविच भएको विवाद कुटपिटमा परिणत भएको छ ।
चुनावमा अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष भुवन सिह विष्टले सगठनको पक्षमा भूमिका निर्वाह नगरेको विषय उठान भएपछि विष्टले अखिल क्रान्तिकारी प्रदेशका इन्चार्ज रामचन्द्र भट्टमाथि ढुङगा प्रहार गरेर घाईते बनाएका थिए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले स्ववियु निर्वाचनको विषयलाई लिएर भएको अनौचारिक छलफलका क्रममा विष्टले प्रदेश इन्चार्ज भट्टमाथि ढुङगा प्रहार गरेर घाईते बनाएको बताए । धामीले घाईते भट्टको धनगढी मायामेट्रो अस्पतालमा उपचार भईरहेको बताए । घटना लगकै विष्ट पनि महाकाली अस्पतालमा उपचार गर्न गएका थिए । लगत्तै प्रहरीले विष्टलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका विष्टले पनि आफ्नो टाउको चोट लागेको भन्दै उपचारका लागि माग अघि सारेका छन । टाउकाको सिटी स्केन गर्नुपर्ने माग अघि सारेका हुन ।
सुपविमा स्ववियु निर्वाचन स्थगित भएको विषयमा क्रान्तिकारीले विचारमा बहस गर्नुको साटो भौतिक आक्र्रमणमा उत्रिने कार्य गैर राजनीतिक भन्दै भट्टमाथि कुटपिट गर्ने विष्टलाई कार्बाहीको माग अघि सारिएको छ । घटना लगत्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी नगर सदस्य समेत रहेका अखिल क्रान्तिकारी नेता विष्टलाई कार्बाही गरेकोे छ । माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय र जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले सयुक्त हस्ताक्षरित गरिएको कार्बाही पत्रमा पाटी भीमदत्त नगरका सदस्य भुवन विष्टले पाटी भित्र र बाहिर अनुसाशन हिन कार्य गरेको र पटक पटक मौखिक रुपमा सजक गराएर पनि फेरी ११साउनमा क्रान्तिकारी प्रदेश इन्चार्ज रामचन्द्र माथि मरणाशन्न हुने गरेर कुटपिट गरेको भन्दै विष्टलाई पाटीको साधारण सदस्य समेत नरहनेगरी कार्बाही गरेको जनाएका छ । अराजक गतिबिधी गर्ने विष्टलाई कानुनी कार्बाहीको माग अघि सारेकोे छ ।