कंचनपुर

डडेल्धुरा जिल्ला भित्र पर्ने रुपाल (हाल भागेश्वर गाउपालिका ) परिचित ठाँउ हो । “जेठी नेपाल कान्छी रुपाल”भन्ने कथनले प्रसिद्ध रुपाल क्षेत्रमा मनाइने प्रसिद्ध जात्रा हो , जोगेनि जात । हरेक तेश्रो बर्ष मनाइने विशेष जात्रा “जोगेनी जाँत” भुतको जाँत भनेर पनि परिचित छ । जुन जात्रा अरु जात्रा भन्दा फरक किसिमले मनाइने गरिन्छ। सम्भब त यस्तो किसिमको जाँत्रा नेपालमा कतै पनि हुदैन । त्यसैले यस जातको फरक पहिचान छ। यो जात्रा मनाउने तरिका नै अनौठो भएकोले यो जात्रा हेर्न देश बिदेश र धेरै ठाँउबाट मानिसहरु आउने गर्दछन।

यो जात्रा प्रत्येक तिन बर्षमा भाद्र महिना गौरा पर्ब पछि हुने गर्दछ। यश बर्ष पनि भाद्र महिनामा हुने भएको छ । यो जात्रा हेर्न रुपालका स्थानिय बासिन्दाहरु कमै छुटाउने गरेका छन । यस जाँतमा हाटबजार जस्तै बिभिन्न किसिमका पसलहरु थापिएका हुन्छन। ईच्छा अनुसार विभिन्न पसलहरु थापिएका हुन्छन,जसमा फलफुल, मिठाई,खाना नास्ता र स्थानिय उत्पादनहरु राखिएका हुन्छन्। यस जाँत “चौंसठ्ठी माता”को रुप पनि भनिन्छ।यस जाँतमा बिभिन्न ‘चौला’ हुने गर्दछन।जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ,भने अरु चौलाहरुको पनि हुने गर्दछन।जसमा ‘पड चौलो’ ‘नौतडी चौलो’ ‘बिस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन।सबै चौलोहरुमा काँधमा “दमाहा”(दाईन) हालेर बजाउछन।कोहि सिट्टि सेल्छन,कोहि नेजाध्वजा समात्छन भने अधिकाँसले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन।यस जात्रामा जातिय भेदभाब हुदैन।किरियामा बसेका या रजस्वला भएका सबैलाई यो जात्रामा जान पाईन्छ। यो दिन सबै स्थानियहरु “जोगेनी डाँडाँ”(जात्रा हुने स्थान)भन्ने ठाँउमा बिहानै देखि जात्रा हेर्न जाने गर्दछन्। भने चौलो खेल्नेहरुलाई जब “देबताले”अनुमति दिन्छन तेसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरु पनि खुसीका साथ “जोगेनी डाँडाँ”(जात्रा हुने स्थान)तर्फ जान्छन।सबै जात्रा हेर्न जाने हुनाले त्यस दिन गाँउनै खाली हुने गर्दछ। त्यस दिन गाँउमा विभिन्न जंगली जनावर र भुतप्रेत आउछन भन्ने जन विश्वास रहदै आएको छ।यस जात्रा मा भनिने केहि भनाईहरु,

कुनै एकजना- ओ ज्वानौ

अरु सबै- भोर भस्सी

– क्याई हेरी रैछौ

– भोर भस्सी

– खेल्दिय बिरौ

– भोर भस्सी

– तेसरा बर्ष

– भोर भस्सी

– जोगेनी जाँत

सबै जना- चबास चबास चबास…………

कसरी भयो जात्रा सुरु

यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको सुनिन्छ।त्यति बेला रुपाल गाबिसको माहाकाली नदि नजिकै जाख भन्ने गाँउ थियो। त्यस गाँउमा सुनि जातीको बसोबास थियो। तिनीहरू माहाकाली मा माछा मार्ने गर्दथे।एक दिन त्यस गाँउका काका भतिज नाता पर्ने दुइ जना माछा मार्न जाल लगेर माहाकाली जान्छन्। तिनीहरूले धेरै पटक जाल हाल्दा पनि साझ सम्म पनि माछा नपरे पछि उदास हुदै छेउमा बस्छन।भन्छन माछा नलगेर घर कसरी जाने भन्दै केहि बेर बसेर फेरि जाल हाल्छन्। जाल माथि तान्दा जाल झन डुब्न थाल्छ त्यो देखेर दुबै जना जाल तान्छन । जाल पानी माथि ल्याउदा त्यो जाल भित्र कति बेला ठुलो माछा र कति बेला स-साना माछा देखिन थाले त्येस्तो देखेर उनिहरु अलमलमा परे र हतपत जाललाइ छेउकै बगरमा राखे।जाल भित्र मान्छेको अनुहार जस्तै कति बेला ठुलो माछा र कति बेला स-साना माछा देखिन थाले, तेस्ता माछा देखेर ति दुबै छक्क परे र भन्न थाले आज यि कस्ता माछा परे हाम्रो जालमा भनेर दुबै निरास भए । नजिकै घर भएकाले त्यो जाल सहितको माछालाइ दुबै जना घिसार्दै तान्दै घरमा लगे।घर पुगे पछि त्यस माछालाई के गर्ने भनेर गाँउका सबैलाई बोलाइ कुरा गर्न थाले, कोहि गाँउले यसलाइ काटेर खाउ भन्न थाले भने कोहि गाँउले यसलाई अजयमेरु दरबार लैजाऔ भन्न थाले। त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो।गाँउमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानु पर्ने चलन थियो,त्यसैले सबै गाँउले ले यि माछालाइ जाल सहित अजयमेरु दरबार लैजाने निर्णय गरे।

राति नै लैजानु पर्ने भएकाले गाँउलेहरु सबै मिली त्यो जाल सहितनै बोकेर हिड्न थाले ।जादै गर्दा एउटा जालबाट निक्लेर भाग्छ। रात भरि हिड्दा हिड्दै बयलबाट भन्ने ठाउमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भाग्छ । त्यहाबाट जादै गर्दा एउटा डाँडा मा पुगे पछि थकान मेट्न एकछिन बस्न थाले र जाल पनि छेउमै राखे । केहिछिन पछि उज्यालो भयो तिनिहरु हिडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ त जाल भित्र ढुङ्गा थिए, त्यो देखेर र सबै जना आत्तिन्छन् त्येसै बेला आकाश गर्जीन्छ र पानी पर्छ।ति सुनीहरु डराउछन यो के भयो कसरि भयो भनेर र सबै घर भाग्न थाल्छन। यता पुरै रुपालमा अनर्थ र असान्ती हुन्छ, कोहि काम्न त कोहि पागल हुन्छन।यस्तो अनर्थ देखेर गाऊ का सबै मिली धामि झाक्री बोलाएर पञ्चनी गर्छन, पञ्चनीमा आएका सुनीहरु त्यो घटना बताउछन । तर पनि कसैले पनि शान्त गर्न सकेनन्। पछि त्येहि रुपाल कोटेउडाको कर्लै देबताले शान्त पार्यो। भनिन्छ कर्लै देबतामा जोतिषी ग्यान पनि भएकाले सान्त पार्न सकेका हुन।कर्लै देबताले ति ढुगाँमा “जोगेनी माता”र बिर (भुत) भएकाले तिनीहरूको राम्रो योगले पुजा गरे पछि सान्त हुने,र यो पुजा प्रतेक तिन बर्षमा गर्नु पर्ने हो। भने पछि त्यो जाँत सुरु भएको हो।

त्यो बेला कर्लै देबताले “जोगेनी माता” र बिरहरुलाइ सान्त पार्न को लागी भएको पञ्चनीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरि पुजा खाउलो भनेका थिए,सुनि जाती को पुजा खाउलो,तिरुवा जातीले नौर्ता गरन्ना,कर्लै हाम्रो मुल देबता हो (कर्लै देबताले शान्त पारेकाले),पुजामा दुइखुट्टे र चारखुट्टेको बली खाउलो, सबका हात मै तरवार ढाल खुकुरि हुन्ना ,मसानको माटो,कालो मसि,रुपालगर्खाकी नाली,एक पल्टे रोटि,सालका पातका पातला र नेजाध्वजा खाने हौं।मै सित तिन सय चौसठ्ठी बिर छ

प्रतिक्रिया दिनुस