सुनिल राना, कञ्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा दिनेश मल्ल निर्बिरोध निर्वाचित भएका छन । यस अघि बरिष्ठ उपाध्यक्ष समेत रहेका मल्ल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन । संघको १८औँ कार्यकारीणी समिति चयनका लागि आउँदो शनिबार १९पुषमा निर्वाचनको मिति तय भएको थियो । शनिबार मनोनयन दर्ता अन्र्तरगत अध्यक्षमा मल्लको मात्रै एकल उम्मेदवारी दर्ता भएसगै उनी अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।

मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले अध्यक्षमा मल्ल निर्बिरोध भएसंगै अन्य पदाधिकारीहरु समेत निर्बिरोध भएको बताए । मुख्य निर्वाचन अधिकृत चन्दका अनुसार

बरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकास साउद उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्र प्रशाद जोशी(एनपी) निर्बिरोध निर्वाचित भएका छन । संस्थागत सदस्य तर्फ गजेन्द्र बिक्रम थापा(निर्बिरोध निर्वाचित भएका हुन । कोषाध्यक्ष सिद्धराज भट्ट, प्रदिप पाल र मनोज भट्ट(मिन)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै ७ सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन । सदस्य तर्फ लोकराज भट्ट, गोबिन्द भट्ट, सरिता भण्डारी, पार्वती कुमारी विष्ट(खडका) , जगदिशचन्द्र भट्ट, हेमराज भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय,देवदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्ट रहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेका युवा उद्यमी व्यवसायी दिनेश मल्ल र उद्योग उपाध्यक्ष तेज बहादुर चन्दको निर्बिरोध यात्रा जारी रहेको छ ।

युवा व्यवसायी मल्ल संघको १४ र १५औँ कार्य समितिमा दुई पटक सदस्य पदमा निर्बिरोध निर्वाचित भएका थिए । त्यसपछि १७औँ कार्य समितिमा बरिष्ठ उपाध्यक्ष र अहिले १८औँ कार्य समितिको निर्वाचनमा पनि मल्ल निर्बिरोध नेतृत्व(अध्यक्ष)को जिम्मेबारीमा पुगेका हुन । यघि अध्यक्ष मल्लका दाजु जंग बहादुर मल्लले समेत संघको नेतृत्व सम्हालीसकेका थिए । बाजेबाबुका कालदेखि व्यवसाय गर्दै आएका मल्ललाई अहिले जिल्लाभरीका हजारौँ उद्योगी, व्यवसायीको नेतृत्व गर्ने जिम्मेबारी काँधमा आएको छ । संघको अध्यक्षमा निर्वाचित भएका मल्लले आम जिल्लाभरीका उद्योगी, व्यवसायीहरुको हकहितका क्षेत्रमा कामकाज गर्ने गराउने प्रतिबद्धता जाहेर गरेका छन । संघको नेतृत्व पदाधिकारीमा अध्यक्ष मल्लसंगै उद्योग उपाध्यक्ष तेज बहादुर चन्दको समेत संघको यात्रा निर्बिरोध नै रहेको छ । १६ र १७औँ कार्य समितिमा निर्बिरोध भएका उद्योग उपाध्यक्ष चन्द अहिले १८औँमा उद्योग उपाध्यक्षको जिम्मेबारीमा आएका हुन । सुदूरपश्चिमका युवा उद्योगी व्यवसायी चन्दको समेत संघमा निर्बिरोध यात्रा नै रहेको छ । उनले पनि आम जिल्लाका उद्योगी, व्यवसायीहको हकहितका साथै संस्थागत क्षेत्रको विकासका कामकाज गर्ने गराउने प्रतिबद्धता जाहेर गरेका छन । कोषाध्यक्ष, सदस्य तर्फ समेत यस पटक सर्वसम्मत गराउने प्र्रयासमा उद्योगी, व्यवसायी लागेका छन । जिल्लाका आम उद्योगी, व्यवसायीले ०७६देखि ०७८सम्मको कोरोना महामारी, त्यसपछि गत २३, २४ भदौँ ०८२मा जेनजी आन्दोलनबाट धरासायी बनेको उद्योग, व्यवसाय क्षेत्रको बृद्धि विकास तर्फ संघको नयाँ कार्य समिति लाग्नुपर्नेमा सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस