पहिलाद राना
कञ्चनपुर, १२ पुष
मानव बेचबिखन रोकथामका क्षेत्रमा कार्यरत माईती नेपाल कञ्चनपुरले भारतमा बेचिएका महिला तथा बालबालिकाहरुको उद्दार गरेको छ । माईती नेपाल कञ्चनपुरले पछिल्ला तीन बर्षको अवधिमा ४९ जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको हो । माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार सन २३मा २५, ०२४मा १४ र ०२५मा १०जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको छ । ०२३ मा भारतको पुना ६, मुम्बई÷हिमाञ्चल ४÷४, साग्ली÷दिल्ली ३÷३, पञ्जाव÷पिथौरागढ २÷२ र गुजरातबाट १, ०२४ मा खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थापन, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट १४ र ०२५मा बिहार, चण्डिगत, चमौली, हरियाण, मुम्बै, हैदराबादबाट १÷१, दिल्ली, जागियावादबाट २÷२ गरेर १० जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको जनाएको छ ।
मानव तस्कर समुहले रोजगारी दिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बेच्न लागेका बेचबिखनको जोखिममा परेका महिला एव बालबालिकाहरुको उद्दार गरेर पुर्नस्थापना एव घर परिवारमा बुझाएको माईती नेपालले जनाएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले समाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका महिलालाई बेचबिखन गरेपछि माईती नेपालले उद्दार गरेको बताईन ।
‘भारतबाट उद्दार गरिएका महिला तथा बालबालिका कञ्चनपुर सहिता सुदूरपश्चिम र अन्य प्रदेशकै नेपाली हुन, ‘उनले भनिन, ‘बेचबिखनको शिकारमा पनि सुदूरपश्चिमकै बढी महिला देखिएन ।’ माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले आफन्तबाटै रोजगारी दिने बहानामा बेचबिखन गर्दैै आएको बताईन । बेचिएका महिला, बालिकालाई परिवारमा पुर्नमिलन गराईएको छ । माईती नेपाल कञ्चनपुरले गड्डाचौकी, दोधाराचाँदनी, चारलेन महाकाली पुल सहितका नाकाहरुमा बेचबिखन बिरुद्धमा समेतना गराउँदै आएको छ । १५ बर्षदेखि ४५बर्ष उमेर समुहका मानिस बेचबिखनको शिकार भईरहेका छन । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले सीमा क्षेत्रमै २सय ९ जनालाई रोकथाम गरेको छ । माईती नेपालकी जिल्ला संयोजक भट्टले गड्डाचौकीबाट ८९, चारलेन महाकाली पुल क्षेत्रबाट ३१, झोलुङ्गेपुल क्षर््ोत्रबाट २९ र महेन्द्रनगर बसपार्क सहितका अन्य क्षेत्रबाट ६४जनाको उद्दार गरिएको छ । गत बर्षमा उद्दार गरिएका मध्ये ८१क्षेत्री, ६९ दलित, ४० जनजाती र १९ब्रम्महण समुदायबाट रहेका छन । विभिन्न २२जिल्लाका मध्ये १सय कञ्चनपुरकै रहेका छन । ३२ कैलाली, १४ बैतडी, १० बझाङ्ग र ८डोटीका रहेका छन ।
खोजतलासका लागि १ सय ८९ निवेदन मध्ये ८१बालबालिका र १सय ८ महिला मध्ये सदूरपश्चिम प्रदेशका १ सय ६३ रहेका छन । जसमध्ये कञ्चनपुर ६९, कैलाली ४१, बझाङ्ग १३, डोटी, डडेल्धुराका १०÷१० जना मध्ये ८१भेटिएर परिवारको जिम्मा लगाएको छ ।
एक बर्षको अवधिमा ९३बालबालिका सहित २सय २७ महिलालाई मनोपरामर्स, सीमा नाकामा १३ हजार ८सय ८५सवारी साधन चेकजाँच गरेर ४४ हजार ५सय ९१लाई परासर्म दिईएको छ । २सय १७जनाको पारिवारिक पुर्नमिलन, सिनानाकाबाटै परामर्स दिएर सिधै ३३जनालाई घर फाईएको थियो । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका साथै घरेलु हिन्सामा परेका महिलाको उद्दारका लागि समेत काम गर्दै आएको छ । १० निवदेन मध्ये ८ समाधान गरेको छ । ४जबरजस्तीकरण र १ मानव बेचबिखन बिरुद्ध मुद्दा दर्ता गरिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला बर्षहरुमा मानव बेचबिखनको कञ्चनपुर ट्रान्जिट प्वाईट बनिरहेको बताईन । ‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।
मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन ।
संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन । माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टले बताईन । माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले गड्डाचौकी क्षेत्रमा माईती नेपाल सहितका ७ अन्य संघ संस्था, सरकारी निकाय सकृय हुँदा समेत दलाल समुहले अनेकन जुक्ति लगाएर मानिसलाई बेचबिखन गर्न श्रम शोषणका घटना गराउन नछाडेको दुखेसो पोखिन । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि गरिरहेका कामकाजको सरोकारवाला निकायले समेत प्रसंसा गरिहेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले मानव बेचबखिन रोकथामका लागि जिल्लाभरी सीमा क्षेत्रमा कडाई, निगरानीदेखि संलग्नमाथि कानुनी कार्बाहीका लागि मुद्दा चलाएको बताए ।

