कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र ३मा रोचक प्रतिस्पर्धा हुने भएको हो । ३०बैशाख ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचन क्षेत्र २मा दुई पालिका सहित ३० वडामा काँग्रेस, एमालेकै बर्चस्व छ । काँग्रेस १ पालिका सहित १४ वडा, एमाले १ पालिका सहित ९ वडा र १ स्वतन्त्र, २ राप्रपा, ४ नेकपाले जितेका थिए । भने, यस पटक फरक परिमाण आउने नागरिकको भनाई छ । पहिलो पटक राजकीय पदमा डेब्यू गर्न चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पाटीका युवा नेता ज्ञानेन्द्र सिह महता होमिएका छन ।

संचारकर्मी हुँदै राजनीतिमा होमिएका महता रास्वापाको संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज, हाल विज्ञान, संचार तथा सुचना प्रविधी विभाग केन्द्रीय सचिव हुन । संचारदेखि समाजिक क्षेत्रमा लामो समय काम गरेका महता रास्वपा क्षेत्र ३बाट एकल उम्मेदवारी सिफारिस भएका थिए । संचारकर्मी हुँदा सबै राजनैतिक दलसंग राम्रो सम्बन्ध विस्तार गरेका महता यस पटक चुनावी मैदामा पुर्व आयोगका अध्यक्ष, सांसद,मन्त्रीसंग चुनावी मैदानमा टक्कर दिन उत्रिएका हुन ।

उनी यस पटक नेपाली काँग्रेसका रमेश लेखक, नेकपा एमालेका डा. दीपक प्रकास भट्ट, नेपाली कम्युनिष्ट पाटी(नेकपा)का मान बहादुर सुनार र राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का पूर्ण बहादुर चन्दसंग भिड्दैछन । काँग्रेसका उम्मेदवार निर्वतमान गृहमन्त्री एव ५६, ०७० र ०७९ मा तीन पटक प्रत्यक्ष र ०६४ मा समानुपातिक गरेर चार पटक सांसद, त्यस अघि श्रम, भौतिक हुँदै गृहमन्त्रीको जिम्मेबार सम्हालिसकेका हेभिवेट हुन ।

एमालेबाट उम्मेदवार बनेका डा. दीपक प्रकास भट्ट ०७४मा तत्तकालिन माअोवादीसंग चुनावी गठबन्धनले जितेका र तत्तकालिन जनमुक्ति सेना नेपाली सेना समायोजन समितिका सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका नेता हुन । नेकपाबाट उम्मेदवार बनेका पुर्व दोधारा गाविका अध्यक्ष हुँदै ०७४मा तत्तकालिन नेकपा माओवादीले एमालेसंग चुनावी गठबन्धन गरेका बेला सुप प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद हुँदै भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेबारी निर्वाह गरिरहेका हुन ।

राप्रपाका उम्मेदवार पूर्ण बहादुर चन्द ०६६÷०६७ सालतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्षको जिम्मेबारी सम्हालिसकेका नेता हुन । उज्यालो पाटीबाट समाजसेवी समेत रहेका भीम बहादुर कुमाल पनि फेरी चुनावी मैदानमा होमिएका छन ।

०७९मा सम्पन्न भएको स्थानीय चुनावमा दोधाराचाँदनीको मेयर र ३(ख)बाट प्रदेश सभा सदस्यमा उठेका थिए । पहिलो पटक चुनावमा होमिएका नेकपा (माओवादी)का पुर्व विद्यार्थी नेता विष्णूप्रकास उपाध्याय(बिराट)पनि चुनावी मैदानमा होमिएका छन । ०६४मा भएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियुमा सिद्धनाथ बहुमुखी क्याम्पसको कोषाध्यक्षमा निर्वाचित उपाध्याय पनि पहिलो पटक ससदीय यात्राका लागि चुनावी मैदानमा होमिएका छन । रोचक त के छ भने पञ्चायतकालमा गाविसको नेतृत्व सम्हालेका सुनारले ०५६मा काँग्रेसका लेखकलाई साथ दिएका थिए ।

त्यसपछि ०५१स्वन्त्र लडेका सुनार पालिका, प्रदेशपछि केन्द्रको जिम्मेबारीका लागि चुनावमा होमिएका छन । ०७४ मा तत्तकालिन एमालेबाट भट्ट क्षेत्र ३ र माओवादीबाट ३(ख)चुनावी गठबन्धन एकै मोर्चाबाट चुनाव लडेका थिए । ०७४मा एमालेबाट भट्टसंगै चुनाव हारेका लेखक ०७०मा एमालेकै उम्मेदबार निरुदेवी पालसंग चुनाव जितेका लेखक फेरी ०८२मा आएर भट्टसंगै चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन । पुराना एव परम्परागत दलप्रति बितृष्णा जागेका बेला गत भदौँमा जेनजी बिद्रोहसंगै मतदाताले नयाँ वा पुरानै दल रोज्ने नरोज्ने २१फागुनको परिमाणले देखाउँछ ।

प्रतिक्रिया दिनुस