बैतडी पौष ९, आफैले पालेको गोरुले हिर्काउँदा घाइते भएकी पार्वती चन्दलाई आर्थिक सहयोग गरिएको छ। बैतडीको मेलौली नगरपालिका– ५ बस्ने पार्वती चन्दको उपचारका लागि ४० हजार ४ सय १४ रुपैँया हस्तान्तरण गरिएको हो ।
मेलौली नगरपालिकाका स्थानीय, व्यवसायी, नगरपालिकामा कार्यरत कर्मचारी लगायतबाट संकलन भएको ४० हजार ४ सय १४ रुपैयाँ घाइते चन्दको परिवारलाई हस्तान्तरण गरिएको हो ।
चन्द गत मसिंर २८ गते आफैँले पालेको गोरुले हिर्काउंदा घाईते भएकी थिइन। पाठेघरमा चोट लागेकि उनको अहिले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनका दुई छोरा र दुई छोरी छन्। उनको श्रीमान त्रिलोक चन्दको भने घटना भएकै दिन हृद्धयघातका कारण निधन भएको थियो। अहिलेसम्म उनको उपचारका लागि ९५ हजार ७ सय ४० रुपैयाँ सहयोग गरिएको सहयोगी जगदिशसिँह नायकले बताए ।
विपत्तीमा परेका बालबालीकाको जीवन सुरक्षाका लागि र घाइते पार्वतीको उपचारका लागि सहयोग गर्न अपिल समेत गरिएको छ ।
प्रतिक्रिया दिनुस