कञ्चनपुर पौष ९ ,कञ्चनपुरको शुक्लाफाँटाका नगरपालिका झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघले सोमवार देखि क्याम्पसको प्रशासनमा गरेको अनिश्चितकालिन तालाबन्दी यथावत रहे पनि पठनपाठन शुरु हुने नेपाल विद्यार्थी संघ शुक्लाफाँटाका क्याम्पस ईकाइ कमिटी इन्चार्ज प्रतिक रावलले बताएका छन ।

ने.वि संघले आफ्नो संगठनले अगाडि सारेका विभिन्न माग क्याम्पस प्रशासनले सम्बोधनमा लापरबाही गरेको भन्दै सोमबार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
तालाबन्दी पश्चात् क्याम्पस सञ्चालक समितीलाई पटक–पटक गुहार गर्दा पनि समितीले कुनै चासो सम्म देखाएको छैन । मंगलबार समितीका अध्यक्ष उद्धव राज भट्टले बार्तामा आउने आश्वासन दिए पनि अनुपस्थित हुँदा ने.बि.संघ र क्याम्पस प्रमुख गणेश ऐर बिच लामो समय सम्म बार्ता भए पनि कुनै लिखित सहमति भने हुन सकेकोे छैन ।

आज देखि विद्यार्थीहरुको पठन पाठनमा पर्ने प्रभावलाई मध्यनजर गरी नियमित रुपमा पठनपाठन सन्चालन गर्ने तर समिति सङ्ग आफ्ना मागहरु लिखित रूपमा सहमती नहुदासम्म प्रशासनको तालाबन्दी यथावत रहन्छ, हामी सकारात्मक छौ क्याम्पस संचालक समिती छिट्टै बार्तामा आइ मागको सम्बोधन गरिनु पर्छ अन्यथा हामी जस्तोसुकै परिस्थितिमा पनि सामना गर्न तयार रहेको इन्चार्ज प्रतिक रावलले बताएका छन ।

प्रतिक्रिया दिनुस