कैलाली पौष १० , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसन महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले सिमा रक्षाको लागि र किसानले भोेग्नु् परेका समस्याहरुको बारेमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको होे ।

त्यस्तै दार्चुलाको कालापानी लिपुलेक लिम्पियाधुरा लगायतका भूभाग भारतले हस्तक्षेप गरेको बिरोधमा समेत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश संयोजक टंक कोइरालाले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले किसानका बारेमा प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाइरहेको, सिमाको बिषयमा प्रदेश सरकारले कुटनीतिक रुपमा पहल गरी सिमा समाधान गर्न केन्द्र सरकारलाई सुुझाब दिएको बताए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश संयोजक अनुकूल, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तमाङ, अखिल नेपाल किसान महासंघका सचिव धनेश्वर पोखरेललगायतका किसान नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस