कञ्चनपुर पौष १० , भीमदत्त नगरद्वारा भ्रमण बर्षको तयारीका लागि छलफल गरिएको छ ।सुदूरपश्चिम प्रदेशमा पनि नेपाल भ्रमण वर्ष २०२० को तयारी भईरहेको सरोकारवालाले बताएका छन् । बुधबार भीमदत्त नगरपालिकाले भ्रमण बर्षको तयारीका लागि आयोजना गरेको छलफलमा सहभागिले सुदूरमा भ्रमण बर्षको तयारी भईरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशले भव्य कार्यक्रम गर्ने बताउनुभयो ।
पुस १६ गते अर्थात जनवरी ०१ तारिखका दिन प्रदेश सरकारको आयोजनामा झाँकी ¥याली सहित कैलालीको धनगढीमा प्रदेश स्तरीय कार्यक्रम गरिने उहाँको भनाई थियो । संघीय सरकार र सुदूरपश्चिम प्रदेश भित्रका स्थानीय तहहरूसंग सहकार्य गरी प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उहाँले बताउनु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले उक्त दिन गड्डाचौकी नाकाबाट भित्रिने विदेशी पर्यटकलाई सीमा नाकामै सम्मान गर्ने र बग्गीमा बसाई महेन्द्रनगर बजार सहित विभिन्न पर्यटकीय स्थल र सुदूरपश्चिम सांस्कृतिक महोत्सव अवलोकन गराउने योजना रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकामा बुधबार आयोजित सरोकारवालासंग छलफल कार्यक्रममा नगर प्रमुख बिष्टले सबैको सल्लाह–सुझाव र सहयोगमा नगरपालिकाले वार्षिक कार्ययोजना बनाइरहेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रर्बद्धन समितिका सह–संयोजक प्रमानन्द भण्डारीले विदेशी पर्यटकहरूको लागि नजिकको गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र भएपनि सरकारको नजरमा अझैपनि टाढा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनुभएको छ । छलफल कार्यक्रममा सहभागीहरूले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यहाँका स्थानीय एव सर्वसाधारणले पर्यटन भ्रमण बर्षका रुपमा कोठाभित्र भन्दा पनि व्यवहारिक कार्यक्रम संचालनमा जोडदिएका छन् ।

प्रतिक्रिया दिनुस