पहिलाद राना
कञ्चनपुर,पौष १० भारतसंग सीमा जोडिएको कञ्चनपुरकोे पश्चिमी गड्डाचौकी नाका मानव तस्करको ट्रान्जिट प्वाईन्टको रुपमा विकसित हुन थालेको छ । भारतको राजधानी दिल्ली जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको गड्डाचौकी नाका मानव तस्करीको नाकाको रुपमा विकसित हुन लागेको हो । माईती नेपाल कञ्चनपुरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन एव एक बर्षका कार्य उपलब्धी सार्वजनिक प्रतिवेदन अनुसार बेचबिखन तथा ओसारपसार गर्ने ट्रान्जिट प्वाईन्टको रुपमा विकसित भईरहेको छ ।
तीन बर्षको अवधिमा गड्डाचौकी नाकाबाट जोखिममा पर्ने महिला तथा बालबालिकाको संख्या बृद्धि भईरहेको छ र तीन बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट ६ सय ४५ महिला बालबालिकाको उद्दार गरेको छ । सन ०१७ मा २ सय ६ , ०१८ मा २ सय र ०१९ मा दुई सय ३९ जना महिला र बालबालिको उद्दार गरेको हो । माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार ०१७मा १०६ महिला, १६ बालक र ८४ बालिका, ०१८ मा २४ बालक, ७१ बालिका र १०५ महिला र ०१९ मा २४ बालक, २१ बालिका र १९४ महिलाको उद्दार गरेको छ । गड्डाचौकी नाका मानव बेचबिखन तथा ओसारपसार गर्ने ट्रान्जिट प्वाईटको रुपमा विकसित भईरहेको छ ।
तीन बर्षमा लगातार ग्डाचौकी नाकाबाट बेचबिखनको शिकार बन्दै गएका महिला तथा बालबालिकाको संख्यामा बृद्धि हुँदै गएपछि माईती नेपाल कञ्चनपुरले समेत उक्त नाका मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टको रुपमा विकसित हुँदै गएको ठहर गरेको छ । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले गड्डाचौकी नाका मानव बेचबिखनको उच्च जोखिममा रहेको बताईन् । ‘बर्षनी यस नाकाबाट जोखिममा परेका महिला र बालबालिकाको संख्या बृद्धि भईरहेको छ, ‘संयोजक भट्टले भनिन, ‘मानव बेचबिखन भयाभह रुपमा बढ्दै गएको छ ।’
एक बर्षको अवधिमा तीन हजार ६८० सवारी साधनमाथी चेकजाँच गरेर मानव बेचबिखनबाट जोगिका लागि १३ हजार ९ सय ६३ महिला तथा बालबालिकालाई परार्मस दिईएको छ । ०१९मै माईती नेपाल कञ्चनपुरले भारतबाट विभिन्न शहरबाट जोखिममा परेका ९ जना माहिलाको उद्दार गरि परिवारिक पुर्नमिलन गराएको छ । बालबालिका, महिला हराएको २ सय ८ मध्ये ३८ जना फेला पारेर परिवारको जिम्मा लगाएको छ । माईती नेपालमा घरेलु हिंसाका २६ निवेदन परेपनि २२ मुद्दा समाधान गरिएको छ । माईती नेपाल कञ्चनपुर मार्फत एक बर्षको अवधिमा मानव बेचबिखनको एक मुद्दा र जबरजस्तीकरणीका दुई मुद्दा दर्ता गराएको छ ।

माईती नेपाल कञ्चनपुरका सयोजक भट्टले सन २०१९ को अवधिमा माईती नेपालले पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालक, बालिका र महिलाको उद्दार गरि घरपरिवारको जिम्मा लगाएको बताए । संयोजक भट्टका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माईती नेपालको सुचना केन्द्र मार्फत उनीहरुको उद्दार गरिएको थियो ।
‘कुनै न कुनै बहानामा उनीहरुलाई दलालले बेच्नका लागि कञ्चनपुरको पश्चिमी नाका भएर भारत लग्दैक्रममा हामीले सोधपुछ गरेका थियौँ, ‘संयोजक भट्टले भने, ‘हाम्रो सोधपुछका क्रममा उनीहरु जोखिममा परेको विश्लेषण गर्दै घरपरिवार बोलाएर उनीहरुको जिम्मा लगाएका थियौँ ।’ मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै कञ्चनपुरको नाका रोजेको पाईन्छ ।
माईती नेपाल कञ्चपुरले दुई बर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोमिमा गरेका १९ जनाको उमेत उद्दार गरि सम्बन्धी घर परिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली, मदरासबाट दुई दुई र हैदरवादबाट, खटिमा, बङलोर, पुनाबाट एकएक जनाको उद्दार गरिएको थियो । माईती नेपाल कञ्चनपुरका संयोक भट्टले गरिबी, सुविधायुक्त जिवन, बेरोजगारी, विवाहको प्रलोभन मायाजाल, परिवारको दवाव, योजना, घरेलु हिंसा, मोबाईल, समाजिक सञ्जाल दुरुपयोगका काण मानव बेचबिखनको सिकार बनेको छ ।
माईती नेपाल कञ्चनपुरको अघिल्लो बर्षको तथ्याङ्क अनुसार ४९ जिल्लाका महिला, बालबालिकाको पनि रोकथाम गरिएको छ । उनीहरुलाई बेचिनबाट जोगाईएको थियो । उद्दार गरिएका जम्मा दुईसय मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् ।
सबैभन्दा बढि कञ्चनपुर र कैलाली र सबैभन्दला कम डोटीका छन् । कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुका ६÷६, डोटी १, बझाङ्ग २, डडेल्धुरा ४ र दार्चुलाका ५ जनालाई उद्दार गरिएको छ ।
बर्षदिनको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढि भारत जान लागेका १६७, इरान १५, कृर्गिस्थान ११, अस्टे«लिया ४, पोल्याण्ड, दुबई, कुबेत एक÷एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । ‘भारत जान लागेका सबै संस्कापद व्यक्ति थिए, ‘माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले भने, ‘विदेश जान दिल्ली भएर जाने स्वत गैरकानुनी भए, त्यसैले उनीहरुले जोखिमा परेका थिए ।’

परिवारकै सदस्य एव आफन्त बेचबिखनका सहभागि हुँदा समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिदिएको संयोजक भट्टको अनुभव छ । ‘मानव बेचबिखन मुद्दामा घर परिवार अहिलेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीकै दवाव आउँछ, ‘उनले भनिन, ‘सीमा क्षेत्रमा हामीले रोक्दा छाडिदिनुप¥यो, मेरी छोरी या छोरा आफन्त कहाँ जाँदैछ, बरु हामीले घरपरिवार स्थानीय सकारबाट के गर्नुपर्छ बनाउन तयार छौँ भन्ने जस्ता अभिव्यक्ति आउँने गर्दछन ।’ सरकारी कर्मचारी एव अफिसकै सहभागितामा समेत मानव बेचबिखन हुने गरेको उनको अनुभव छ । मावन बेचबिखनका दलाव एव समुह बढि सकृय र चलाख हुने भएकाले समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिएको छ ।
सीमा क्षेत्रमा भारत जानेको एकिन ठेगाना एव तथ्याङ्क अभावका कारण समेत चुनौती थपिएको छ । सबैको पहलमा मात्रै मानव बेचखिबन रोकिने माईती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा दोषिलाई बचाउन उम्काउन कानुनी पक्ष समेत बलियो भएकाले त्यसबाट समेत सबैले गम्भिर हुनुपर्ने उनको सुझाव छ ।
नक्कली अभिभावक बनेर समेत सीमा क्षेत्रमा महिला तथा बालबालिका ओसारसोसार गराउँदा मानव बेचबिखन रोकथाममा चुनौती थपिएको संयोजक भट्टले बताईन् । मानव बेचबिखन रोकथामका लागि सबै पक्ष चनाखो हुनुपर्नेमा माईती नेपालले जोडदिएको छ ।

प्रतिक्रिया दिनुस