दिपक भट्ट डडेलधुरा पौष १०, प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगिता ‘स्पिकिङ आइडल २०१९’ हुने भएको छ । आइडलको ९ वटै जिल्लामा एकै सात पुस पहिलो साता अडिसन हुने आइडलका संयोजक रजनीश पन्तले बताए ।

‘सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकसाथ पुस पहिलो साता प्रदेशका ९ वटै जिल्लामा जिल्लास्तरिय छनोट भइ हजारौँ विद्यार्थी बाट छनोट भएका सहभागीबीच पुस १३, १४ र १५ गते धनगढीमा फाइनल हुनेछ ।’ – आयोजक लियो क्लब अफ महाकाली क्लाशिकका अध्यक्ष सबिन रावलले बताएका छन् ।

बोल्नमा इच्छुक १९ वर्ष मुनीका किशोर किशोरीहरुबीच हुने यो प्रतियोगितामा जो कोही विद्यार्थी सहभागी हुन सक्छन । विजेता शीर्ष १० जनाको ‘एक योजना’ लाई वृहत समारोहबीच प्रस्तुतिकरण गर्ने र सो योजना कार्यान्वयन गर्न स्रोतस्वरुप ‘सिड मनी’ आयोजकले उपलब्ध गराउनेछ ।

मुलुकका विभिन्न स्थानमा अध्यनरथ तथा कार्यरथ स्वस्फुर्त युवाहरुले स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न समाजिक सँस्थाहरुसँग मिलेर यो कार्यक्रम आयोजना गर्न लागेका छन् । यसअघि दर्जनौ कार्यक्रमहरु शिक्षा, सँस्कार, समानुभुति र नयाँ पुस्ताको मौलिक चेतना अभिवृद्धीका लागि गरेका छन् ।

गैरनाफामुलक, नागरिकस्तरको अभीयान स्वरुप यो कार्यक्रम सम्पन्न हुँदैछ । एभरेष्ट एकेडेमी अत्तरीया मुख्य प्रायोजक र लियो क्लब अफ महालाकी क्लाशिकको मुख्य आयोजना तथा गुरुभूमी फाउण्डेसनको आयोजना रहेको कार्यक्रमले प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गर्न खोजिरहेको छ ।

जिल्लास्तरमा सामान्य वक्तृत्व परीक्षण स्वरुप ‘आफ्नै मातृभाषा’ मा समेत स्थानीय कला, सँस्कृति र परम्परा तथा मोफसलका समस्या र सम्भावनाबारे बोल्ने विषय छनोट गरिनेछ । जिल्लास्तरिय छनोट भइ सयौँबाट औसतमा एक जिल्लाबाट तिन जना छनोट भएर धनगढीमा हुने फाइनलमा प्रतिस्प्रधामा जान पाउनेछन् । छनोटको प्रकृया निम्नानुसार हुनेछ । सहभागी फाराम भर्ने । ९विद्यालय या जिल्ला संयोजककहाँ उपलब्ध हुन्छ ।
एक जना केन्द्रीय र एक जना स्थानीय निर्णायक सामु जिल्ला स्तरमा परिस्थितिजन्य वक्तृत्व प्र्सतुत गर्ने ।धनगढीमा दोस्रो चरणमा अर्थात क्यामेरा अघि प्रस्तुत भई बोल्ने प्रतिस्प्रधा हुने ।तेस्रो चरणमा ‘समस्या पहिचान तथा समाधान’ को चरण हुनेछ ।
चौथो चरणमा सहभागीहरुलाई ‘उत्कृष्ट वक्ताहरु’बाट बोल्ने सँस्कार र समाजिक उत्तरदायित्वसम्बन्धी अभिमुखीकरण हुने ।अन्तिम चरणको प्रतिस्प्रधाबाट विजयी घोषणा हुने । पुरस्कार वितरण तथा योजना प्रस्तुतीकरण समारोह एक वृहत संवाद कार्यक्रम ‘सुदूरपश्चिम कन्क्लेभ’को कार्यक्रममै हुनेछ । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वका विशेषज्ञ विषयमा संवाद सुन्न र हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुस