
कञ्चनपुर । जातिय भेदभावको आरोपमा कञ्चनपुरको एक सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन । प्रहरीले भीमदत्त नगरपालिका ७हल्दुखालको सिद्ध बैजनाथ सामुदायिक वनका अध्यक्ष धनी चन्दलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले बेवारिसे काठको विषयमा चन्दले दलिय समुदायलाई लिएको अभिव्यक्ति बिरुद्धमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको बताए । बारीखमा रहेका चन्दको केही दिन अघि आफु बारिकमा भएकाले दलितले छुन पाईदैन, छुन हुदैन भनेर दिएको अभिव्यक्ति समाजिक सञ्जालमा भाईरल भएको थियो । मानिस भएपछि कसैले पनि कसैमाथि जातिय भेदभाव गर्न नहुने कानुनी व्यवस्थादेखि समाजिक सद्भाव भएपछि समाजमा बेला बेलामा जातिय भेदभावका घटनाले चिन्ता व्यक्त गराएको छ ।
प्रतिक्रिया दिनुस


