कञ्चनपुर, जेठ ३

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको प्रथम अधिवेशनबाट सुदूरपश्चिम कञ्चनपुरका बरिष्ठ अभिकर्ता बिरेन्द्र बोहरा केन्द्रीय उपाध्यक्षमा चयन भएका छन ।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको काठमाण्डौँमा सम्पन्न भएको प्रथम अधिवेशनबाट कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका बरिष्ठ अभिकर्ता बोहरा केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन । सानिमा रिलायन्सका चिफ एजेन्सी म्यानेजर समेत रहेका बोहरा राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा चयन भएको जनाईएको छ ।

विगत दुई दशकदेखि बीमा क्षेत्रमा काम गर्दै आएका बोहरालाई राष्ट्रिय बीमा अभिकर्ता संघकै केन्द्रीय पदाधिकारीको जिम्मेबारी थपिएको छ ।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघकै केन्द्रीय अध्यक्षमा सानिमा रिलायन्सका टिओटी नमिता न्यौपानेको अध्यक्षतामा केन्द्रीय समिति विस्तार भएको थियो । केन्द्रीय अध्यक्ष न्यौपाने, केन्द्रीय उपाध्यक्ष बोहरा सहितका पदाधिकारी एव सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ । साथ सपथ तथा पदभार समेत ग्रहण गरेका छन । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा चयन भएका बिरेन्द्र बोहराले देशभर बीमा अभिकर्ताको हकहितका साथै अधिकार र बीमा क्षेत्र थप जिम्मेबार, उत्तरदायीदेखि प्रभावकारी भूमिका निर्वाहमा प्रतिबद्धता जाहेर गरेका छन ।

 

प्रतिक्रिया दिनुस