विकास सिह महता
कञ्चनपुर, ३जेठ
कञ्चनपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्डको उपाधी भीमदत्त नगरपालिकालाई पाईएको छ । १६ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्डको उपाधी भीमदत्त नगरपालिकाको टिमलाई पाईएको हो ।
आइतबार सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको तथ्याङ्क अनुसार सबैभन्दा बढी मेडल भीमदत्तले प्राप्त गरेको छ ।कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले भीमदत्त जिल्लामै च्याम्पियन बनेको बताए ।
अध्यक्ष सिहका अनुसार २३ गोल्ड, १२ रजत, १० कास्य गरेर सबैभन्दा बढी ४५ मेडल प्राप्त गरेर भीमदत्तले फेरी १४ औँ राष्ट्रपति रनिङ्गशिल्डको साख फर्काएको छ ।
द्वितियमा कृष्णपुर नगरपालिकाले गोल्ड १५, रजत ६, कास्य १२ गरेर ३३मेडल ल्याएको छ । १५ औँ जिल्ला उपाधी च्याम्पियन बनेको कृष्णपुर यस पटक दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । तृतियमा बेदकोट नगरपालिकाले १०गोल्ड, १३ रजत र, ११ कास्य गरेर ३४मेडल ल्याएको हो ।
चौथोमा पुर्नवास नगरपालिकाले ७गोल्ड, १३कास्य, ९रजत गरेर २९मेडल, पाचौँमा शुक्लाफाँटा नगरपालिकाले ७गोल्ड, ८कास्य, १२रजत गरेर २७ मेडल पाएको छ ।
छैटौँमा दोधाराचाँदनी नगरपालिकाले २गोल्ड, ७कास्य, ८रजत प्राप्त गरेर १७मेडल, सातौँमा बेलौरी नगरपालिकाले १गोल्ड, ९कास्य गरेर ९मेडल, आठौँमा बेलडाँडी गाँउपालिकाले ३रजत, ५कास्य गरेर ८मेडल र ९औँमा लालझाडी गाँउपालिकाले १रजत, ६कास्य गरेर ७मेडल ल्याएको छ । विजेता टिम खेलाडीलाई मेडल सहितको पुरस्कार प्रदान गरिएको छ । अब १७ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता दोधाराचाँदनीमा हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका साथ शुक्रबारदेखि संचालन भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आइतबार समापन गरिएको थियो । बेदकोट नगरपालिका ६ सिसैैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा भएको प्रतियोगिता उद्घाटनका प्रमुख अतिथि बेदकोट नगरका मेयर भोजराज बोहराले खेलकुद आफ्ना लागि मात्रै नभई देशका लागि भएकाले सबै खेलाडीको मर्यादित भएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा जोडदिएका थिए । समापनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव लोक बहादुर खडकाले जिल्ला, जिल्लाबाट छनौट भएसंगै प्रदेश स्तरिय पनि हुने बताए ।
६ खेलकुदका विद्याहरु भलिबल, कब्डी, एथलेटिक्स, तेक्वाण्डो, कराँते, उसुका खेलाडीविच प्रतिस्पर्धा भईरहेको छ । अध्यक्ष सिहका अनुसार हरेक पालिबाट भलिबल तर्फ छात्रछात्र ९÷९, कबड्डी छात्रछात्रा ९÷९, एथलेक्टिेक्स छात्रछात्रा ११÷११, तेक्वाण्डो छात्रछात्रा ६÷६, कराँते ६÷६ र उसु ६÷६ गरेर हरेक पालिकाबाट ९४का दरले ८सय ४६खेलाडीविच प्रतिस्पर्धा भएको थियो । यस अघि १४औँ जिल्ला स्तरिय संस्करण बेलौरी, १५औँ शुक्लाफाँटा र अहिले १६औँमा बेदकोट नगरमा भएको १७औँ दोधाराचाँदनीमा हुनेछ । जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट भएका खेलाडी सुप प्रदेश स्तरियदेखि राष्ट्रिय प्रतियोगितासम्मै सहभागि हुन पाउनेछन ।

