धनसिह धामी

कञ्चनपुर, ४जेठ

माध्यामिक शिक्षा परीक्षा(एसईई)मा कञ्चनपुर महेन्द्रनगरको एक संस्थागत निजी विद्यालयले उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलले एसईईमा उत्कृष्ठ नतिजा ल्याएको हो ।

गत साता सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ को नतिजा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार फ्लोरिडा ईन्टरनेशल बोडिङ्ग स्कुलले ८८.२४ प्रतिशत नतिजा ल्याएको छ । उक्त विद्यालयका ५१ विद्यार्थी मध्ये ४५ विद्यार्थी उत्र्तीण भएका छन । फ्लोरिडा स्कुलकी छात्रा अपेक्षा लुहारले सबैभन्दा बढी ३.८६ जिपिए ल्याएर विद्यालय टपर भएकी हुन ।

फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलका प्रिन्सिपल जयराज ओझाले शिक्षक, विद्यार्थी, विद्यालयको मेहनतले विद्यालयले उत्कृष्ठ नतिजा ल्याएको बताए । प्रिन्सिपल ओझाले निरन्तर मेहनतको राम्रो परिमाण आएको बताए । उनले विद्यालयमा नियमित देखि अतिरिक्त कक्षा संचालन गरिएको बताए । प्रिन्सिपल ओझाले चार जिपिए भन्दा पनि विद्यालयले कसरी विद्यार्थीलाई असल, अनुशासित, कर्तव्यनिष्ठ, देश, समाजप्रति उत्तरदायी बनाउने तर्फ उन्मुख भएको बताए ।

‘हामीले अपेक्षा गरे भन्दा केही नतिजा आएको छ, ‘उनले भने, ‘अनुत्र्तीण भएका ६ सबै विद्यार्थीलाई पनि एकएक विषय लागेको, उनीहरु पनि पुरक परीक्षा उत्र्तीण हुनेछन ।’ झण्डै अढाई दशकदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको उक्त विद्यालयले गत विगतका बर्षहरुमा समेत सत प्रतिशतदेखिका उत्कृष्ठ नतिजा ल्याउदै आउँदै छ । शैक्षिक सत्र ०८२मा पनि विद्यालयले एसईईमा उत्कृष्ठ नतिजा ल्याएपछि विद्यार्थी, अभिभावक, विद्यालय परिवार समेत हर्षित भएका छन । शैक्षिक गुणस्तर बृद्धि गर्दै गएपछि अभिभावक, विद्यार्थीको रोजाई बनेको छ । प्रिन्सिपल ओझाले आगामी शैक्षिक सत्रदेखि पनि एसईईको नतिजा प्रभावकारी ल्याउने गरेर योजना अघि सारेको उनले बताईन । विद्यालयले बालविकासदेखि कक्षा १२ सम्म निरन्तर शैक्षिक गुणस्तरदेखि नैतिकवान बनाउने लक्ष्य अनुरुप अघि बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस