कैलाली ,पौष २३ , कैलालीको अत्तरीयामा हुने ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ को तयारी तिब्र भइरहेको छ ।अत्तरियाको लामिताल परिसरमा यहि पुस २७ गते देखि माघ ७ गते सम्म आयोजना हुने महोत्सवका लागि महोत्सव स्थलमा स्टल बनाउने गेट बनाउने काम जारी रहेको अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ हुन गईरहेका महोत्सवको पाँचौ सस्करणको तयारी ८० प्रतिशत पुरा भएको अत्तरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक कमल कडायतले बताए ।

प्रतिक्रिया दिनुस