कञ्चनपुर माघ ९, कञ्चनपुरमा बिहिबार टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका,१६ गोबरीया डेरामा बसाकी २० वर्षीय रमीता भट्ट रहेकी छिन्।

बैतडीको गुरुखोलाकी मृतक भट्ट जनज्योति क्यामपसमा अध्यनरत रहेकी र हाल कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ गोबरीया डेरामा बसाई रहेको प्रहरीले जनाएको छ । उनको बिहीबार अपरान्ह टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिनुभयो।

मृतको सव महाकाली अस्पतालमा राखेको छ ।जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी उनलाई ठक्कर दिएको थियो।
घटना लगत्तै चालक फरार भएका छन्। घटनापछि अहिले महेन्द्रनगरको बसपार्क चम्मन चौराहमा तनावग्रस्त भएको छ।

 

प्रतिक्रिया दिनुस