काठमाडौं ,माघ १५,नेकपा क्रान्तिकारी माओवादीले आजबाट शुरु गरेको चारमहिने राष्ट्रिय स्वाधीनता तथा संगठन विस्तार अभियानको उद्घाटन पानीको अवरोध छिचोल्दै कञ्चनपुरको महेन्द्रनगरमा भव्य रुपमा सम्पन्न भएको छ प्रदेसदेश ५, ६ र ७ मा सञ्चालन हुने चार महिनेको उद्घाटन प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीसले गर्नु भएको छ । प्रमुख अतिथिबाट व्यानर वाचन गरेर र मैन बत्ती बालेर अभियानको उद्घाटन गरिएको छ ।

खुल्ला रुपमा उद्घाटनको गर्ने तयारी गरिएको कार्यक्रम पानीले अवरोध गरिएपछि हलमा कार्यक्रमको उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि राम श्रीस लगायतका अतिथिहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय उपाध्यक्ष केवि गुरुङ, पार्टी पीवीएम भुपेन्द्र न्यौपाने, क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल, अनेमसंघ (क्रान्तिकारी(की उपाध्यक्ष चन्द्रा थानी, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरि सुवेदी , नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य लालकिरण ,नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य डायमण्ड अनेकिमहासंघ (क्रान्तिकारी)का टंक कोइराला, क्रान्तिकारी पत्रकार महासंघका प्रदेश संयोजक धनन्जय अवस्थी लगायतका नेताहरु रहेका थिए ।

अतिथिहरुले चार महिने अभियान सफलताको शुभकामना दिएका छन ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीसले राष्ट्रियता, जनजिविकाका विषयमा वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण भईरहेकाले रक्षा गर्नका लागि क्रान्तिकारी शक्ति एकजुटको भएर अघि बढ्नुपर्नेमा जोडदिएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूमि अतिक्रमण हुँदा समेत सरकारले आवश्यक कदन अघि नबढाएको नेताहरुको आरोप थियो ।

नेकपा क्रान्तिकारी माओवादी पार्टीले एमसीसी खारेजी, सीमा अतिक्रमण बन्द, अतिक्रमित भूमी फिर्ता लगायतका माग अघि सारिएकोले आम जनसमुदायमा राष्ट्रियताको आन्दोलनमा एक हुन अपिल गर्नु भएको छ । कार्यक्रमको शुभकामना दिदै नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुरका सचिव समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा सुप प्रदेशका अध्यक्ष विष्णूराम दमाईले राष्ट्रियताका लागि जाग्नुको विकल्प नभएको बताएका छन ।

प्रतिक्रिया दिनुस