कञ्चनपुर ,माघ १६ नेकपा (क्रान्तिकारी माओवादी)ले शुरू गरेको चार महिने राष्ट्रीय स्वाधीनता र संगठन निर्माणको अभियान संगै क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ । कञ्चनपुरको महेन्द्रनगरमा गरेको राष्ट्रीय स्वाधीनताको अभियान उद्धाटन कार्यक्रममा केहि विभिन्न संगठनमा आबद्ध रहेकोहरुले पार्टी प्रवेश गरिरहेको नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी सितलले बताउनुभयो ।

उद्घाटन समारोहमा भुपु सैनिक तथा द्वन्द्व पिडित शुरेस भट्ट , युवा संगठनका रमेश बगाल पार्टी प्रवेश गरेको र भाली अभियान शिलसिलामा केहि व्यक्तिहरुसंग छलफल भइरहेको र उनीहरु लाई पनि पार्टी प्रवेश गराउने तयारी रहेको बताउनुभयो ।

नया प्रवेश गरेका हरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी पश्चिम इन्चार्ज राम श्रीसले टिका लगाएर स्वागत गरेका छन ।पार्टी प्रवेश गर्दै सुरेश भट्टले नेपालमा राजनैतिक क्रान्ति आन्दोदन धेरै भए पनि देशमा परिवर्तन नभएकाले अवको क्रान्ति मार्फत सबैको मुक्ति (नेकपा क्रान्तिकारी माओवादी) बाट सम्भव भएकोले पार्टी प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुस