1. गोकुल निरौला, केहीदिन देखि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा छाउ गोठ भत्काउने कार्य तीव्र रूपमा चलिरहेको छ । प्रहरी प्रसासन,अधिकारकर्मी लगायत पत्रकारले खुब मजाले काम पाएका छन । बेमौसमी चलिरहेको नाटकले जसोतसो बस्न मिल्ने बनाईएका घर भत्काउँदै सामाजिक अगुवा अथवा अधिकारकर्मि भएको उपमा थपिरहेका छन् । नव निर्मित अधिकारकर्मीहरूले यस्लाई ठूलो उपलब्धि ठानिरहेका छन ।

जेन, तेन जसो, तसो बस्न मिल्ने बनाईएको संरचना भत्काउनु बहादुरी काम भने होइन । तर पनि सुदूरपश्चिम र कर्णालि प्रदेशका जिल्लाहरूमा दैनिक जसो गोठ भत्काईएका समाचार सुन्नर हेर्न पाइएको छ । छाउगोठ भत्काएको समाचार मात्र आएनन् गोठ भत्काएपछि बारीको बास भएको समाचार पनि सँगै आई नै रहेका छन् । छाउ प्रथा कुसंस्कार र कुरीति भए पनि मध्य र सुदूरपश्चिममा संस्कारका रूपमा मान्दै आईरहेका छन् । यस क्षेत्रमा छाउ गोठ भत्काउन लागे पनि छाउ मानसिकता भत्काउन भने कसैले ध्यान दिएको छैन ।

गाउँमा पढेलेखेका युवाहरू यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउ गोेठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिना स्वर उठाउँदै आएका छन् । शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन । धर्मिक मान्यताले महिनावारी भएको बेला चुलो चौको र धार्मिक कार्यमा सहभागि नभएपनि गोठमै बास गराउनु भने अपराधनै हो

छाउ गोठको विषयमा बेला बेला आवाज भने नउठेका होइनन् । तर पछिल्लो समयमा समस्या बढ्दै गएपछि केही महिना यता भने सरकार सक्रियरूपमा लागीरहेको छ । अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बूढा रावतको छाउगोठमै मृत्यु भएपछि सुदूर पश्चिम र कर्णालीमा छाउगोठ भत्काउने कामले तीव्रता पाएको हो । वर्षौंदेखि मान्दै आएको छाउ प्रथाले गोठमै धेरैको ज्यान लगेपनि गोठ भत्काउने काम भने पर्वतिको मृ्त्युले अगाडि बढाएको छ ।

पार्वतीको मृत्युले गोठ भत्काउने काम गरेको भएपनि मन भने भत्काउन सकेको छैन । पार्वतीको मृत्युपछि कर्णाली र सुदूरपश्चिमका जिल्लामा दुई हजार दुई सय ५४ भन्दा बढी छाउगोठ भत्काई सकेका छन्  भने अझै भत्काउने कार्य भने रोकिएको छैन । गाउँमा पढेलेखेका युवाहरू यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउ गोेठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन ।

अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिना स्वर उठाउँदै आएका छन् । शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन । धर्मिक मान्यताले महिनावारी भएको बेला चुलो चौको र धार्मिक कार्यमा सहभागी नभएपनि गोठमै बास गराउनु भने अपराधनै हो ।

यतिमात्र होइन यस क्षेत्रमा शिक्षकहरूले विद्यालयमा छाउलाई कु प्रथा भन्दै पढाए पनि व्यवहारमा भने लागु गर्न सकेका छैनन् । हुनत छाउ प्रथा सुदुर र कर्णाली प्रदेशमा मात्र होइन नेपाल भरका जात जातिले मान्दै आएका छन् । छाउ अथवा महिनावारी भएको बेला चुलोचौको नगर्ने नछुने, पूजाकोठा नजाने चलन नेपालभरीका जातजातिमा भएपनि गोठको बास भने सुदूरपश्चिममा मात्रै रहीआएको छ । नेवारी समुदायमा गुफाको बास पनि एक किसिमको छाउ प्रथा नै हो ।

सुदूरपश्चिममा घरभन्दा टाढा गोठमा असुरक्षित बास गराउनाले महिलाको ज्यान जाने गरेको छ भने नेवारी समुदायले घर भित्रै गुफा राख्ने चलनले ज्यान जोगीएको छ । त्यसैले होला काठमाडांैको महलमा मान्ने छाउको छाउको कहिलै चर्चा नगरिए पनि झुपडीमा मान्ने छाउको भने जहिले पनि चर्चा गरीयो ।

महिनावारी भएको बेला छाउ बार्ने र गोठमा राख्ने प्रथा पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला,कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा लगायतका दुई दर्जनभन्दा बढी जिल्लामा अहिले सम्म कायमै छ । छुई भएका बेला अलग्गै बसेको कारण महिलाहरू माथि पटक–पटक अप्रीय घटना हुन थालेपछि अहिले समाज नै चिन्तित हुन थालेको छ । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला मात्र नभएर दलित जनजाति महिला यो परम्पराबाट पीडित छन् ।

हुनत छाउपडी प्रथा जस्तो भेदभावपूर्ण व्यवहारका विरुद्घ सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागु गर्न आदेश जारी गरेको थियो । आखिर के हो त छाउ किन देउता छाउ हुँदा मात्र रिसाउछन् रु यो विषयमा यस क्षेत्रका शिक्षित र अगुवा राजनीतिक दलहरूले कहिलै बहस गरेनन् ।

महिनावारी, मासिक धर्म, पिरियड अर्थात् सुदूरपश्चिममा भन्ने गरेको छाउ एउटै हो । नछुने जे भने पनि यो स्त्रीहरूमा एक उमेर हददेखि अर्को उमेर समूहसम्म हुने नियमित, प्राकृतिक,स्वाभाविक र गौरवको विषय हो । प्रकृतिमा फल लाघ्नु अघि फूल फुलेको स्थिति हो महिनावारी ।

धर्म अनुसार नारीलाई मातृ शक्तिको रूपमा पूजा गर्ने गरिन्छ । जसलाई प्रकृतिको रूपमा मानिन्छ । त्यसैले धर्ममा नारीलाई पहिलो स्थानमा राखेको छ । छाउ हुदाँ देउता रीसाउदैनन् तर गाँउ घरमा रहेका धामि झाँक्री भने पक्का रिसाउँछन् । म पनि यो छाउ बार्ने बाहुनकै घरमा जन्मे हुर्केको हुँ । तर छाउ हुँदा देउताभन्दा पनि झाँक्री रिसाएको देखेको छु ।

परम्परागत जनविश्वासका कारण महिनावारी अथवा छाउ भएका महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता चलन छ ।

प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुईछाई गरेमा, घरका कूलदेवता रिसाउने र परिवारमा हानी नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ । यो फगत अन्धविश्वास हो । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा छाउ प्रथामात्रै होइन विभिन्न कुरीतिले जरो गडेको छ ।

हलिया खलिया प्रथा, देउकि प्रथा, कमैया, कमलरी प्रथा पनि यसै क्षेत्रमा रहिआएका छन । छाउ भएको बेला घर भित्र बस्दा देउता रिसाउने डर मान्छन भने रोग निको पार्न देउतालाईनै नाबालीका देउकीका रूपमा चढाउँछन । यसैलै प्रमाणित हुन्छ पापी देउता होइन कि त्रसित मानसिकता हो भनेर ।

अर्को शब्दमा भन्नु पदाए महिला लाई देउकी बनाई मनोरन्जनको साधनका रुपमा लिन्छन भने छाउ भएको बेला हलाको दृष्टीले हेर्ने गर्दछन । यस समाजले मान्दै आएका प्रथानै न्यायोचित र संस्कारसँग मिल्दा जुल्दा छैनन् । देउकि प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक प्रथा हो । मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्या केटी चढाईएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो ।

महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा, कुनै भाकल पूरा गर्न आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिका किनेर देवी देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरूको विवाह गर्न नहुने तर यौन सम्पर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ ।

छाउ र देउकी प्रथा जस्तै कमैया प्रथा,घोडाभेडा प्रथा,डोलाजी प्रथा,सैरली प्रथा,र खुला प्रथा सुदूरपश्चिम र हालको कर्णाली प्रदेशमै मान्ने गर्दथे । तर, केही प्रथा लोप हँुदै गए पनि केही प्रथा संस्कारको रूपमा चलि नै रहेका छन । विकटता र अशिक्षा भित्र धेरै कुसंस्कार हुन स्वभाविकै भएपनि हालसम्म पनि हटाउन नसक्नु दुर्भाग्य हो । यस क्षेत्रमा जति धेरै गरिबी छ जति धेरै कुसंस्कार छ ।

पछिल्लो समयमा त्यति धेरै एनजिओ र आईएनजिओ विकास र जीवनशैली परिर्वतनका लागि भनेर लागी रहेका छन् । तर, कसैले पनि यो यस क्षेत्रमा मान्दै आएको प्रथाहरूलाई हटाउन सकेन या जानीजानी नहटाएको ।

सामाजिक अगुवा अथवा सरकारले दूर दराजका जनताले बनाएको झुपडीभन्दा झुपडीभित्र बस्नै महिलाहरूलाई चेतना जगाउनु र बस्न लगाउनेलाई कारबाही गर्नु पर्ने हो तर घर भत्काउँदैमा चेतना भत्कदैन । सरकार घर भत्काउँदैमा व्यस्त देखिएको छ । समाजमा चल्दै आएका असल संस्कार, रीतिरिवाज जोगाउनु समाजको दायित्व हो भने सरकारको कर्तव्य हो ।

तर सुदूरपश्चिम र कर्णाली प्रदेशमा मान्दै आएका यस्ता कुसंस्कारलाई हटाई सभ्य समाजको निर्माण गर्नु नै वेस होला । बालिकालाई देउकी बनाई देवताको स्याहार सुसार गर्न लगाउदै खुसी हुने देउता छाउ हुँदा सिराउँदैन । यो त फगत अन्धविश्वासभित्रको त्रसित मानसिकता मात्रै हो । यति धेरै कुसंस्कारलाई संस्कारका रूपमा मान्दै आएको पश्चिम नेपालका जनताको बेलैमा चेत खुलाउनु सरकारको कर्तव्य हो ।सौर्य अनलाई बाट

प्रतिक्रिया दिनुस