सुर्खेत माघ २४,सुर्खेतमा विभिन्न नौवटा राजनितिक दलहरुले राष्ट्रिय स्वानिताका पक्षमा विरोध प्रर्दशन गरेका छन् । विभिन्न नौं राजनैतिक दलहरुको देशव्यापी कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गरिएको छ । मंगलगडि चोकबाट बजार परिक्रमा गदै र्यालीसहित पिपलचौतारीमा विरोध सभा गरेर टुङ्गिएको थियो ।

एमसीसी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भु–भाग समेटेर भारतले सार्वजनिक गरेको जाली नक्साको विषयमा नौ राजनितिक दलहरुले संयुक्त विरोध सभा गरेका हुन् ।

नौ राजनितिक दलहरुमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले) ने क पा (माओवादी केन्द्र), नेपाल कम्युष्टि पाटीर्, जनसमाजवादी पार्टि, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जागरण परिषदले देशभर संयुक्त रुपमा ¥यालिसहित विरोधसभा कार्यक्रम गरेका छन् ।

विरोधसभा कार्यक्रमलाई सम्बोधन गदै क्रान्तिकारी माओवादीको पोलिटव्युरो सदस्य चक्रपाणी शर्माले भने अहिले भारतले कालापानि लिपुलेख लिम्यिाधुरासमेत आफनो नक्सामा समेटेर भारतिय नक्सा सार्वजनिक गरेको तिन महिना भइसक्दा पनि नेपाल सरकारका गतिविधि हेर्दा सुन्य रहेको र दरो खुटटा टेटेर सार्वभौमिकता रााष्ट्रिय स्वाधिनताको पक्षमा सरकार उभिन नसकेको जिकिर गरे । उनले राष्ट्रिय अखण्डता बचाउने सवालमा राष्ट्रियताको पक्षमा आपुहरु सरकारलाई साथ दिन तयार रहेको बताए ।

इरानि जर्नल सुलेमानिको इराकमा गरेको हत्यालाई औल्याउदै सरकारका पवक्ता बास्कोटाले सुलेमानि बनाइदिन्छ उनिहरुको विरुद्ध बोलेपछि भनेको कातर अभिव्याक्ति प्रर्ति आफुहरुको गम्भिर आपति रहेको बताए ।

अमेरिकन एम सी सी परियोजना नेपालमा भित्रयाउन खोज्दै छ यो अहिले एउटा मुसालाइ जालभित्र थुन्न प¥यो भने चारो हाल्ने चलन छ र यो एम सी सी परियोजनामार्फत पचास करोड मार्फत भनेको नेपाललाई अमेरिकि सुरक्षा खाताभित्र हालिएको चारो रहेको बताए ।

त्यस्तै अर्का माओवादी केन्द्रका नेता नरेस शाहीले भने अहिले नेपालमा दुईतिहाईको सरकार भएर पनि भुमि बलात्कृत हुदैछ दुइतिहाईको सरकारले पनि नेपालीभुमि बलात्कृत हुनबाट जोगाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुस