बुटवल माघ २४, एमसीसीको विरोध र भारतले कालापानिमा हस्तक्षेप गरेको नेपाली भूमि फिर्ताको माग गर्दै बुटवलमा ९ राजनैतिक दलहरुले विरोध सभा गरेका छन । नेकपा (क्रान्तिकारी माओवादीं),देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल नेकपा (मसाल), नेकपा (माले) ने क पा (माओवादी केन्द्र), नेपाल कम्युष्टि पाटीर्, जनसमाजवादी पार्टि, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जागरण परिषदले देशभर संयुक्त रुपमा ¥यालिसहित विरोधसभा कार्यक्रम गरेका छन ।


भारतद्वारा गरिएको नेपाली भूमि कब्जाको विरोध र एमसीसी सम्झौता खारेजीको माग गदैं नौ दलले विरोध सभा गरेको हो । बुटवलको मिडियाचोकमा आयोजित विरोध सभामा नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदी भारतले नेपाली भूमी फिर्ता नगरे राष्ट्रियता आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताउंनुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्रज्यवाद सामु आत्मसमपर्ण गर्ने सरकारले राष्ट्रिय स्वाधिनताको रक्षागर्न नसक्ने उहांले दावी गर्नुभयो । देशभक्त जनगणतान्त्रिक मार्चा–नेपालका केन्द्रीय उपाध्यक्ष केबी गुरुङले राष्ट्रिय स्वाधिनता र अखण्डता रक्षाको लागि स्वाभिमान गुमाउंन नहुंने बताउंनुभयो ।

अतिक्रमित भूमि फिता र एमसीसी सम्झौता खारेजीका लागि संयुक्त आन्दोलनलाई सशक्त पार्नुपर्नेमा उहांले जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इराकीकरण गर्न खोजेको दावी गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव बिनोद उपाध्यायले एनसेलएल कम्पनीसंग चुनावी खर्च लिएर केपी ओली,प्रचण्ड र शेरबहादुर देउंवाले कर मिनाहा गरेको प्रसंग उठाउंदैं एमसीसीबाट रकम उनीहरुले खाईसकेकाले संसदबाट अनुमोदन गर्न मरिहत्ते गरेको दावी गर्नुभयो । नेकपा मालेका पोलिटव्यूरो सदस्य चन्द्रकान्त अचार्यले महाकाली सन्धी गरेर घात गरेका केपी ओली,शेरबहादुर देउवाले एमसीसी भित्राएर नेपाली जनतालाई घात गर्न खोजेको आरोप लगाउंनुभयो ।

कार्यक्रममा नेकपा मसाल,रुपन्देहीका प्रवक्ता नारायण जीसी,नेकपाका केन्द्रीय सदस्य समिम अहमद्,राष्ट्रिय जागरण परिषद्का चित्रबहादुर थापा,जनसमाजवादी पार्टीका कृष्ण आचार्य,नेकपा माओवादी केन्द्रका नबिन गोतामे दगायतले बोल्दैं अतिक्रमित भूमि फिर्ता र एमसीसी सम्झौता खारेजीका लागि सरकारलाई दबाब दिन खबरदारी गरिहनुपर्ने बताएका थिए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ५ का उपाध्यक्ष पिताम्बर आचार्यको सञ्चालन तथा राजमो प्रदेश ५ का सदस्य दधिराम आचार्यको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम पूर्व बुटवलको नयां वसपार्कबाट र्याली शुरु भएको र उक्त र्यालीले बुटवल बजार परिक्रमा गरि मिडिया चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुस