कञ्चनपुर माघ २५ ,कञ्चनपुरको महेन्द्रनगरमा रहेको बन्द मझगाँउ विमानस्थल चाँडै सञ्चालमा आउने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लामो सयमदेखि बन्द रहेको शनिबार भीमदत्त नगरपालिका १६ स्थीत बन्द विमानस्थलको अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दैँ मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले विमानस्थल सञ्चालनका लागि तीन तहको सक्रिता बढेको बताउँदै आगामी आर्थिक वर्षबाट विमानस्थल धावन मार्ग निर्माण गरि सञ्चालन कार्य अगाडी बढाईने बताए ।‘विगतमा सञ्चालन भई हाल बन्द रहेको विमानस्थल सञ्चालन गर्ने सरकारको योजना छ ।’ पर्यटनमन्त्री भट्टाराईले भने हाम्रो मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बन्द विमान पुनः निर्माण गरि सञ्चालन गर्ने साझा नीति बनाएको छ, त्यसैले पनि यो स्थलन सञ्चालन हुन्छ ।’

सविधानः विमानस्थल सञ्चालन गर्ने केन्द्र सरकारको जिम्मेवारी भएपनि तीनै तहको साझेदारीमा विमानस्थल सञ्चालन गरिने उनको भनाई छ । विमानस्थलको प्राविधिक तहबाट अध्ययन भईसकेकाले अब भौतीक र आन्तरिक तयारीमा जोड दिईने उनको बताए ।

साथै स्थानीय जनप्रतिनिधिको विमानस्थल सञ्चालनमा निकै चाँसो देखाएकामा उनले प्रशंसा समेत गरे । विमानस्थल सञ्चालनपछि यहाँको व्यापार र व्यवसायिक गतिविधि समेत बढ्ने उनको विश्वास छ ।

२०३० सालदेशि सञ्चालनमा आएको मझगाँउ विमानस्थल २०५१ सालदेखि बन्द अवस्थमा छ । उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारी र निजि क्षेत्रको सहयोग भुमीकाको अपेक्षा गदैँ पर्यटन मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन विभिन्न स्थानमा डिजिटल सुचना बोर्ड र पर्यटक सुचना केन्द्र स्थापना गर्न स्थानीय तहलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुस