काठमाडौं माघ २५ , नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव क .मोहन वैद्य किरणले जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुले सरकारमा गएपछि सर्वहारा वर्ग, आदिवासी जनजाति, उत्पीडित, दलित लगायतका सबै समुदायलाई धोका दिएको बताउनुभएको छ ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोद्धन गर्दै महासचिव किरणले यस्तो बताउनुभएको हो । देश संघीयतामा गएपनि संघीयताको नाममा पुरानै संरचना बनाए जस्तै वाग्मती, गण्डकी जस्ता नामाकरण गर्नु जातीय पहिचानको हिसावले गलत भएको बताउनुभयो ।

उहाँले प्रदेशको नाममा वाग्मती, गण्डकी जस्ता राखिनु प्रति नेकपा क्रान्तिकारी माओवादीको असहमति रहेकोमा जोड दिंदै महासचिव किरणले आफ्नो पार्टी उप्तीडित, आदिवासी जनजाति, दलित लगायत सबैको पक्षमा लडिरहेको बताउनुभयो ।त्यसैगरी महासचिव किरणले नेवार समुदायले नेपालको सम्भवताको विकासमा साहित्य कला संस्कृतिको विकासमा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै अहिले नेवार समुदाय आफ्नै थलोमा विस्थापित हुने खतरा बढिरहेको र यो निक्कै दुःखद भएको बताउनुभयो । यसलाई गम्भीर ढंगले सोच्नु पर्ने बेला आएकोमा उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुस