( विरेन्द्र शाह)
नेपालको विद्यार्थी आन्दोलनको ईतिहास हेर्दा २००४ असार ०१ गते जयतु संस्कृतम नामक विद्यार्थी सङ्गठन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक प्रारम्भिक बिजारोपण हो। जसको अन्य विभिन्न विशिष्ट उद्देश्य भएपनि राणाशासनको विरोधमा संघर्ष गर्नु मुख्य दायित्व रहेको थियो। हुनत नेपालको इतिहासमा १९९० माघ १५ गते त्रिचन्द्रमा अध्ययनरत छात्र नेता गङ्गालाल श्रेष्ठ लाई राणाहरुले आफ्नो शासन सत्ताको विरोध गरेको कारण विष्णुमतिको बगरमा लगरे गोली हानी हत्या गरे त्यहाँ बाट विद्यार्थी आन्दोलनको बिज छरिएको मान्न सकिन्छ र क्रमशः आन्दोलनको चरणहरु अगाडि बढदै गए।
२००७ सालको प्रजातन्त्र पछि विभिन्न छात्र संघ र विद्यार्थी फेडेरेसन खुल्दै गए, २०२२ सालमा अखिल नेपाल सम्मेलनको स्थापना भयो त्यही जगमा अनेरास्ववियु, २०२७ सालमा नेविसंघ अन्य विद्यार्थी सङ्गठहरु निर्माण हुँदैगए र हाल आएर अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघ, अखिल (छैटौं), समाजवादी विद्यार्थी युनियन लगायत एकदर्जन विद्यार्थी सङ्गठनहरु नेपालमा क्रियाशिल र सक्रिय भुमिकामा छ्न। अब प्रश्न यति विद्यार्थी सङ्गठनहरु क्रियाशिल हुँदाहुदै नेपालको विद्यार्थी आन्दोलन किन विगठित अवस्थामा पुग्यो त रु के विद्यार्थी आन्दोलन लाई विगठन भएको घोषणा गर्न मिल्छ त रु यी प्रश्नको जबाफको सन्दर्भमा छलफल त हुनेछ त्यो भन्दा अगाडि संक्षिप्तमा विद्यार्थी आन्दोलनको विगतमा फर्कौ र त्यो स्थिर ईतिहासको सतह लाई सानो ढुङ्गा हानेर थोरै हलचल पैदा गरौं र बुझौ। त्रिचन्द्रमा अध्ययनरत गङ्गालाल श्रेष्ठले राणाहरुको विरोध गर्दा १९९० माघ १५ गते राणाहरुको गोली खाएर सहिद भए , २००४ गठित जयतु संस्कृतम नामक विद्यार्थी सङ्गठनले राणाशासनको विरोध गर्यो, २००७ प्रजातन्त्र प्राप्ति पछि विभिन्न सङ्गठन खुल्दै गए विद्यार्थी सङ्गठनको बिज अन्कुरण हुन थाल्यो।
२०१७ सालमा महेन्द्रले गरेको कु को विरोध र संघ सङ्गठनहरु माथी लगाईएको प्रतिबन्धका विरुद्धमा र स्ववियु खोल्ने माग गर्दै तत्कालीन राजा महेन्द्र लाई विद्यार्थीहरुले कालो झन्डा समेत देखाएका थिए त्यो बेला सबैभन्दा क्रान्तिकारी र शसक्त आन्दोलन थियो। यसरी विद्यार्थी संघर्षहरु अगाडि बढ्दै गए र पछि गएर २०२२ सालमा स्पष्ट वैचारिक दृष्टिकोण सहित अखिल नेपाल सम्मेलन नाममा विद्यार्थी आन्दोलनको स्थापना भयो जसले जनवादी शिक्षाको मुद्दा लाई आफ्नो मुख्य लक्ष्य बनायो र वामपन्थी आन्दोलन सङ्ग सम्बन्धि रहयो। जनवादी शिक्षा नमान्ने हुँदा २०२७ साल वैशाख ०६ गते नेविसंघ को स्थापना भयो जो दक्षिणपन्थी आन्दोलन सङ्ग संबंधित रहयो अथवा तत्कालीन काङ्ग्रेस पार्टी सङ्गको आवद्धता रहयो। यसरी विद्यार्थी आन्दोलनको क्रम अगाडी बढयो र राजनितिक दलकै भातृ सङ्गठनको रुपमा विद्यार्थी आन्दोलन अगाडि बढन थाले पछि पार्टीमा आउने टुट(फुट र विभाजन सङ्गै विद्यार्थी आन्दोलन पनि विभाजित हुन थाल्यो आखिर जेसुकै भएपनी नेपालको विद्यार्थी आन्दोलन २०६५ साल सम्म गतिशील र सङ्गठित नै थियो त्यसपछी बिस्तारै विगठन र क्षयिकरणको दिशातिर अगाडि बढेको र आजको मितिमा हेर्दा विगठनको संघारमा रहेको अनुभुती हुन्छ। विगतमा विद्यार्थी आन्दोलन सङ्गठित भए पश्चात् विभिन्न आन्दोलनहरु भए ०३५र०३६ सालको आन्दोलन , ०४६ सालको जनाअन्दोलन जसमा पन्चायत ढाल्न विद्यार्थीहरुको महत्त्वपूर्ण भुमिका रहयो, ०५२ सालमा माओवादीले ले शुरु गरेको जनयुद्धमा समेत अखिल९क्रान्तिकारी० ले जनयुद्ध लाई समर्थन गर्यो र जनयुद्धको प्रथम सहिद गोर्खाका ११ वर्षे विद्यार्थी दिल बहादुर रम्तेल बन्न पुगे, ०६२र०६३ सालको जनाअन्दोलनमा समेत विद्यार्थीहरुको महत्त्वपूर्ण भुमिका अग्रपंक्तिमा रहयो र राजनीतिक परिवर्तनको आन्दोलनमा थुप्रै विद्यार्थी नेताहरुको सहादत पनि हुन गयो। राजनिती परिवर्तनको आन्दोलन सङ्गसङ्गै राष्ट्रियताको मुद्दामा, जनजिविकाका सवाल र शैक्षिक मुद्दाहरुमा विद्यार्थी आन्दोलन शसक्त रुपमा नै अगाडी बढ्यो। तर पछिल्लो अवस्थामा विद्यार्थी आन्दोलनमा देखिने बलिदानको संस्कृती, त्याग, समर्पण भाव हराएको छ। विद्यार्थी आन्दोलन प्रभावविहिन र संकटपुर्ण अवस्थामा छ साथै समय र परिस्थिति अनुसार आन्दोलनको स्थानान्तरण हुनु पर्थ्यो त्यो पनि हुन सकेन।
आखिर विद्यार्थी आन्दोलन विगठन तिर बढेको समीक्षा गर्दा संसदमा रहेको सरकारी नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र त्यसका नेताहरुको गतिमती र कामकार्यवाही हेर्दा जनप्रतिनिधि देखि माथिल्लो स्तरमा मन्त्री सम्मको पिए बन्ने, कर्मचारी बढुवा(सरुवामा घुस खाने, दलाली गर्ने, ठेक्कापट्टा गर्ने, निजि शैक्षिक संस्थामा लगानी गर्ने, शैक्षिक माफिया र शिक्षाका कथित ठेकेदारहरु सङ्ग साटगाट गर्दै सरकारी शिक्षा ध्वस्त पार्ने खेलोमेलो तिर लागेका छ्न। सरकारले जस्तोसुकै राष्ट्रघात गरोस,शैक्षिक माफीयाहरु लाई जतिसुकै संरक्षण गरोस, शिक्षा क्षेत्र जतिसुकै धरासयी बनोस सडकमा आउने कुरा त छोडौ एउटा कागजको खोस्टोमा प्रेस विज्ञप्ति समेत प्रेषित गर्न सक्दैनन। अर्को संसदमा रहेको प्रतिपक्षी दल काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ काङ्ग्रेस सरकारमा हुँदा उसको पनि हालत त्यै हुन्छ खासमा संसदीय राजनीतिक दल मध्ये जुन पार्टी सरकारमा हुन्छ त्यो समर्थित विद्यार्थी सङ्गठनको हालत र अवस्था एउटै हो। अहिले नेविसंघमा कति गुटउपगुट छ्न गणना नै गर्न सकिन्न अनि भन्छ्न नेपालको विद्यार्थी आन्दोलनको नेतृत्व हामी गर्छौ त्यो त लज्जास्पद र हास्यास्पद हुदैन र भन्या रु त्यो सङ्गै केही अस्तित्व रहेका अरु विद्यार्थी सङ्गठनहरु पनि छ्न तिनिहरुको प्रभाव र क्रियाशिलता खासै देखिदैन किनकि नेपालको घिनलाग्दो संसदीय राजनीतिले विद्यार्थी आन्दोलन लाई छोपिसकेको छ। आन्दोलनको अर्थ र औचित्य समाप्त पारिएको छ। विद्यार्थी सङ्गठनको काम नै पार्टीको झन्डा बोक्ने, चुनावमा पार्टी लाई जिताउन मरिमेटी लाग्ने, नेताको गुलामी र सलामीमा मस्त रहने यस्तै(यस्तै भएको छ।
अर्को तिर विद्रोहमा रहेको पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले प्रतिबन्धका बाबजुद पनि सडकमा त देखिन्छ फेरी राज्यको धरपकड, गिरफ्तारीले खुलेर संघर्षमा आउन सकेको छैन र अहिलेको व्यवस्था, सरकार र सत्तालाई न स्वीकारेको फेरि व्यवस्था नै परिवर्तनको संघर्षमा रहेको पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन भएको हुँदा अन्तिममा व्यवस्था परिवर्तनको संघर्षमै मुलतः सहभागीता हुन्छ किनकि यी सबै विकृतिको दोष व्यवस्था सङ्ग जोडिएको हुन्छ। सार र संक्षेपमा विद्यार्थी आन्दोलनको विगठनको कुरा गर्दा मुलतः शैक्षिक मुद्दामा विद्यार्थी आन्दोलन केन्द्रीत हुन सकेन। विद्यार्थी सङ्गठन र आन्दोलनको पहिलो मर्म शैक्षिक मुद्दाहरुमा जोडिएर शिक्षाको वैज्ञानिक रुपान्तरण गर्नु हो, आम सबैले पढ्न चाहुन्जेल सम्म सहजै शिक्षा प्राप्ति गर्न पाउने अधिकारको संघर्षलाई अगाडी बढाउनु हो त्यो सङ्गै देशको राष्ट्रियताको विषयमा, राजिनितिक परिवर्तन, समाजको सामाजिकआर्थिक र सास्कृतिक रुपान्तरणको संघर्षमा योगदान पुर्याउनु हो। तर विद्यार्थी आन्दोलन चेत र होसहवास हराएको जस्तो खासमा विगठनको दिशतिर छ।
यस्तो परिवेशमा स्ववियु निर्वाचनको विषय त्रि.वि.।अगाडि सारेको छ। एकातिर स्ववियु बचाउनु पर्ने चुनौती छ जो विद्यार्थीहरु हक अधिकारका लागि लडने साझा सस्थाको रुपमा रहन्छ भने अर्कोतिर स्ववियुको औचित्य पुष्टि गर्नुपर्ने छ। स्ववियु कुनै राजनिती दललाई बलियो बनाउन होकि, विश्वविद्यालयमा हुने उपकुलपति, रजिस्ट्रार, डिनहरुको भागबन्डामा च्याखे थापेर हस्तक्षेप बढाउन हो, क्याम्पसमा हुने प्राध्यापक र कर्मचारीको सरुवा बढुवा गर्न र नयाँ भर्तीमा भाग बन्डा खोज्न हो, पछिल्ला स्ववियु हेर्दा यस्तो अवस्था देखिन्छ। स्ववियु हुनुपर्छ र गरिनु पर्छ। २०१६ सालमा त्रि।वि।को स्थापना पश्चात ०१८र०१९ देखि नै विद्यार्थी युनियनको चुनाव भएको देखिन्छ।
२०२० भदौमा पहिलो स्ववियु निर्वाचन भयो र ०३० सम्म हरेक वर्ष भयो पन्चायतले प्रतिबन्ध लागाईसके पश्चात् भदौ ०३६ सालमा भयो त्यसपछी ०६५ साल सम्म भयो त्यसपछी सिधै ०७३ सालमा भयो र अब अहिले ०७६ फागुनमा स्ववियु निर्वाचन कुरा छ। यसरी ईतिहास हेर्दा बाधा अवरोधका विचमा र कहिले प्रतिबन्ध लागेर स्ववियु अगाडि बढेको देखिन्छ। स्ववियु ले जन्माएका थुप्रै नेताहरु अहिलेपनी राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण स्थानमा छन, स्ववियुको नेतृत्वमा विभिन्न ठुला(ठुला संघर्षहरुमा विद्यार्थीहरुको सहभागीता पनि भयो। विगतको ईतिहास गौरवपुर्ण नै छ तर अब समय परिस्थिति अनुसार परिमार्जन गर्दै नयाँ संस्कार र संस्कृति सहितको स्ववियुको औचित्य पुष्टि गर्न सक्नु पर्छ। अहिले हुने भनिएको स्ववियुमा राज्य द्वारा प्रतिबन्ध लगाईएको पार्टी निकट विद्यार्थी सङ्गठन अखिल९क्रान्तिकारी०को सहभागिता वातावरण छैन।
पन्चायत कालमा समेत पार्टी प्रतिबन्धित हुँदा पनि विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा भाग लिएको ईतिहास छ। अहिलेको केपिबादल कम्पनिको फासीवादी सरकारको विद्यार्थीहरु माथीको दमन झनै चर्को छ। यो परिस्थितिमा हुने अथवा बन्दुकको घेरामा हुने स्ववियु निर्वाचनले त्यसको औचित्य पुष्टि गर्छ त रु कदापी गर्न सक्दैन त्यस्तो स्ववियु कुनै अर्थ रहदैन। यद्यपि स्ववियु सङ्ग जोडिएको पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका मुद्दा र अरु थुप्रै मुद्दाहरु पनि छ्न त्यो समयानुकूल परिवर्तन गर्न सकिएला। त्यसले स्ववियु निर्वाचनको अर्थ र औचित्य तब मात्र हुन्छ जब आस्थाको आधारमा निर्वाचन बाट बन्चित नगराई सबैको सहभागिता हुन्छ, विश्वविद्यालयहरु सकारात्मक आलोचनाका केन्द्र बन्छन, स्वतन्त्र र निर्वाद रुपमा वैचारिक र राजनीतिक छ्लफल, सामाजिकआर्थिक(सास्कृतिक रुपान्तरणका बहसहरु हुन्छन, शैक्षिक मुद्दाहरुको बारे बहस र जोडदार उठान हुन्छ। अन्यथा आउदो चुनावहरुमा राजनिती दलको भोट बैंकको अडडाको रुपमा स्ववियु लाई प्रयोग गर्नुको न कुनै अर्थ रहन्छ न स्ववियु निर्वाचनको औचित्य पुष्टि हुन्छ। तसर्थ विगठनमा पुगेको विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गर्दै जसरी अहिले विश्वविद्यालय र क्याम्पसहरुमा चेत र होसहवास हराएका मानव निर्माण हुदैछन तिनीहरु लाई आलोचनात्मक चेत भएका बौद्धिक श्रमजीवीको बनाउनका लागि नयाँ र रूपान्तरित स्ववियुको निर्माण गर्न आवश्यक छ सबैको सहभागिता सहित १