कञ्चनपुर, फागुन १,आज भन्दा अढाई दशक अघि आमुल परिर्वतनका लागि तत्कालिन नेकपा माओवादी पार्टी जनयुद्धमा होमियो । जनयुद्धमा होमिएको तत्तकालिन नेकपा माओवादीले थालेको जनयुद्धको शुरुवातको दिनलाई जनयुद्ध दिवसको दिनकै रुपमा मनाउने गरेको छ । जनयुद्ध दिवसको स्मृतिम हरेक फागनु १गते जनयुद्ध दिवस मनाउने गरिथ्यो, विगत युद्धकालिन समयमा समेत जनयुद्ध दिवस मनाईन्थ्यो ।
मुलुकमा एकतन्त्रिय राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य गर्दै नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने संकल्पका लागि थालिएको जनयुद्धलाई उत्सवकै रुपमा मनाउन थालिएको हो ।
०५२ सालमा थालनी गरिएको जनयुद्ध दोस्रो जनआन्दोलन २०६२÷०६३ यता विस्तृत शान्ति सम्झौता पश्चात युद्ध रोकिएको थियो । जनआन्दोलन पश्चात पहिलो दोस्रो संविधान सभा निर्वाचनबाट सविधान बन्यो । नयाँ संविधानसंगै प्रतिनिधी र प्रदेश सभा निर्वाचन पश्चाता मुलक संघीय शासन प्रणालीमा गएको छ ।
तत्तकालिन माओवादीले जनयुद्धकै बेला शान्तिप्रकृयामा आईपुग्दासम्म जनयुद्ध दिवसलाई भव्यताका साथ मनाउँदै आएको थियो ।
अहिले २५ औँ जनयुद्ध मनाउँदा सम्म नेकपा माओवादी पार्टी टुटफुटमा परिणत भएपनि उनीहरुले जनयुद्ध दिवसलाई निरन्तरता दिदै आएका छन् । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीविच एकिरण भएसंगै नेकपाले देशैभरी जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । नेकपा कञ्चनपुरका पार्टी अध्यक्ष बीर बहादुर थापाले जिल्लाभरी विभिन्न कार्यक्रम गरि दिवस मनाउन लागेको बताए । उनका अनुसार जनयुद्ध दिवसका अवसरमा महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, लालझाडी र बेलडाँडीमा दिवस मनाईने बताए । अध्यक्ष थापाका अनुसार सबै स्थानीय तहमा जनयुद्धमा साहदत प्राप्त गरेका शहिद, वेपत्ता परिवारलाई सम्मान गरेर दिवस मनाईने छ ।

नेकपा क्रान्तिकारी माओवादीले पनि कञ्चनपुरमा जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा क्रान्तिकारी कञ्चनपुरका सचिव विष्णूराम दमाईले जनयुद्ध दिवस क्रान्तिकारी माओवादीले भव्य रुपमा मनाउने बताए । उनका अनुसार शहिदको सम्झनामा कार्यक्रम गरिने छ । जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि क्रान्तिकारीको काँधमा आएको उनले बताए । उनले शुभकामना सहित खुसियालीका साथ दिवस मनाईने बताए । पुर्व जनमुक्ती सेनाका नेपाली सेनामा समायोजन एव पुर्नस्थापना भएसंगै उनीहरुल जनयुद्ध दिवस औपचारिक रुपमा मनाउँदैनन् । समायोजन अघि जनमुक्ती सेनाले पनि भव्य रुपमा मनाउदै आएको थियो ।
नेकपा विप्लवले पनि कञ्चनपुरमा जनयुद्ध दिवस मनाउने जनाएको छ । नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज सहदेवले जनयुद्ध दिवसका दिप प्रज्ववलनदेखि शहिद परिवारलाई सम्मान कार्यक्रम गर्ने बताए । उनका अनुसार भव्य रुपमा दिवस मनाईने छ । जनयुद्धको मर्म भावना अनुरुप दिवस मनाउन लागेको उनको भनाई थियो । विप्लव निकट नेकपाले जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि अझै संघर्ष जारी रहेको जनाउदै एकिकृत जनक्रान्तिको विकल्प नभएको जनाएको छ । गत फागुन २८ देखि नेकपा विप्लवमाथी प्रतिबन्ध लगाएपछि विप्लवले जनयुद्ध दिवसलाई निरन्तर मनाउने जनाएको छ ।
यता संगै जनयुद्ध लडेका डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै समाजवादीमा परिणमत भएको छ । फरक वैचारिक विचारधारा बोकेकाले जनयुद्ध दिवस नमनाउने भएको छ । तीनै पार्टीले जनयुद्ध दिवस मनाएसंगै शहिद परिवारसंग भेटघाट, सम्मान एव छलफल गरिने जनाएका छन् । जनयुद्धको मुल मर्म अनुसार जनताले अझैपनि सेवा सुविधा नपाएको भन्दै जनयुद्धको अस्थित्वका लागि प्रर्यत्नसिल रहेने उनीहरुको भनाई छ । आज देशैभरी सहित विदेशमा जनयुद्ध दिवस मनाईउदै नेताहरुले अधिकतम जनताको हितमै काम गर्ने प्रतिबद्धा जाहेर गरिरहेका छन् । जनयुद्धको मर्म भावना अनुरुप आएको परिर्वतनलाई आत्मसाथ गर्दै देश र जनताको हितका जुटन दलहरुलाई जनताको आग्रह छ ।

प्रतिक्रिया दिनुस