महान जनयुद्ध चलिरहेको थियो २०५८सालको कुरा हो देशमा त्तकालिन शाही सत्ता ने क पा ९माओवादी०बिच ठुलो रक्तपात पुर्ण संघर्ष चलिरहेको थियो ,म एउटा सानो गाउमा बस्थे पाच कक्षा स्कुल पढथ्ये , एक दिन स्कुलबाट घर आउदा घरमा शाही सेना आएका रहेछन।बुवा र दाजु लाई माओवादि भनेर मर्ने गरि बन्दुक र वुटले पिट्दै गरेको देखे र म ठुलो स्वरले रोई कराई गरे मैले मेरा दाजु ,बुवा दिनभरि मजदुरि गरि हामीलाई पाल्छन स्कुल पढाउछन् माओवादि होनन नकुटन बरू मलाई मार भन्दा मलाई नि तिमीहरू आतङकारिलाई खाना दिन्छौं ,बस्नु दिन्छौं भन्दै राक्षस जस्ताशाहिसेनाले गालि गरि मेरा दाजुलाई शाही सेनाले लगेर गए।मेरा दाजु रिहाई र बदलाका लागि म पनि माआवादि सेनामा गए तर मेरा दाजु शाही सेनाले बेपत्ता बनाए मैले माओवादि सेना भएर धेरै लडाइँ लडे तर दाइ को लास र शास कतै भटेन बरू अझ धेरै दाइ हरू गुमाए ।
एक दिन को कुरा म किताब पढदै थिए साथीहरूले मलाई तपाईंको नासो आएको छ भन्यो के हो भन्दा घरबाट बुवाले चिठी पठाएको रहेछ ।खोलेर हेरदा छोरि तिम्रो दाजु को के खबर भेटाएकि कता छ तिम्रो के छ म बिरामी छु घरमा खानलाई नुन तेल,आटा लगाउनु लुगा ,फाटो सबै सकिएको छ म शाही सेना को पिटाइबाट बिरामी छु भनेको चिठी मा लेखेको थियोे । मैले बवुाको चिठी को खबर कमान्डर लाई जानकारी गरे र घर जाने बिदा दिनु अुनुरोध गरे मलाई कमान्डर दाईले हुन्छ जानू होस ख्याल गर्नु भनेर केही खर्च दिई मलाई टिमबाट बिदाई गरि करिब दुई दिन हिडे पछि घर आइ पुगियो ।घरमा आई पुग्दा पीडा र आक्रोसले म मेरो मुख रातो भएको रहेछ ।
घरमा कुनै पुरानो अबस्था थिएन जताततै सामान छरिएका थिए छानो चुईने भईसके थियो बुवा फाटो लुगा आछोएर पिडिमा पल्टिएको खोक्दै थिए । मैले बुवालाई ढोक गरे बुवाले चिन्नु भएर फेरि म हजुरिकि छोरि भने पछि वल्ल चिनु भयो र बुवा रूनु भयो । भन्नू भयो कस्तो अभागी म श्रीमतीको बिमारी भएर मुत्यु भयो, छोरा शाही सेनाले बेपत्ता बनायो छोरि त तेरो दाईको बदला लिनु माओवादि भई मेरो साहारा कसले गर्ने भनेर बुवा फेरि रूनु भयो । मैले बुवाको आसु पुस्दै हामी छु चिन्ता न लिनु हाम्रो पाटीले हामीले सबै कुराको न्याय दिन्छु बुवा भने ।विमारि बुवालाई सरसफाइ गर्ने भने नुवाई धुवाई गरि दिए घरको सरसफाइ गरे घरको आटा चामल नुन तेल ल्याए खाना पकाए बुवा छोरिले खाना खायौँ । र करिब घरमा पाच छ दिन बसे । फेरि शाहि सेना आएको खबर आयो म सकि नसकि फेरि रूदै घरमा एक्लै बुवालाई सम्झाए हाम्रो जित हुन्छ हाम्रो दाजुको बदला अबश्य लिन्छु भन्दै केही दिन मा फर्कन्छु भनी बुवालाई छोडे साथिहरूको सम्पर्कमा गए ।
र साथिहरूले मलाई के छ घरको खबर भन्दा ठिक छ भने । पछि २०६२ मा शाहि सरकार माओवादी बिच बार्ता भयो । साथ दलहरुले पनि संबिधान र लोकतान्त्रिक गणतन्त्रमा जाने सहमति गरेपछी राजनीतिक अवस्था बदलियो । जनमुक्ति सेनालाई जंगलमै छोडी पार्टी नेताहरु शहर पसे । फेरि शुरु भयो सत्ता साँझेदारिको खेल । विभिन्न चरणमा सत्ता साँझदारीमा लिनेदिने कुरा चल्दा नेतृत्वले क्रान्तिका उपलब्धिहरुलाई सौदा गर्दै गए । जनमुक्ति सेनाको वर्गीकरण गर्ने नाममा हजारौंलाई अयोग्य भनियो र रातो तारा अंकित बर्दी उतारेर घर पठाइयो । योद्धाहरुलाई गोडा फाट र सतर्क भन्दै, छाती नाप्दै र तराजुमा जोख्दै अयोग्यताको बिल्ला भिराइयो । हामी आफ्नो नियतिलाई धिकार्दै रुँदै उहीँ पुरानो घर फर्कियो । म उहीँ पुरानो घर फर्किदा बुवा को मुत्यु भईसकेको रहेछ । रूनु बाहेक अरू केही थिएन ।
अहिले म आपनो जीवन चलाउनु कृषि ब्यबसाय गरेर बसेकि छु । न त हाम्रो सत्ता आयो न दाइको हत्यारालाई कारवाहि भयो । जनयुद्ध केही हाम्रा नेताको धनयुद्व मा रूपान्तरण भयो । समग्र माओवादी आन्दोलन खाओबादी आन्दोलनमा बदलियो । अहिले फर्केर हेर्दा निकै अफसोच लाग्छ । माओवादी भन्ने पार्टीको नाम त उहिल्यै बदलिसकेका थिए । अहिले यहाँ सम्म पुग्दा त माओवादी बिचार पनि छोडे । अहिले ती नायकहरु कोहि खलनायक जस्ता लाग्छन भने कोहि जोक्कर र कोहि चटके झैं लाग्छन । दुख लाग्छ । धनयुद्धमा लागेका खाओबादी कमाउनिस्टहरु बिरुद्ध अर्को क्रान्ति उठनु पर्छ । बरु अफु पनि त्यसैमा मर्न पाए हुन्थ्यो भन्ने लाग्छ । किनकी हाम्रो सपाना र हामिले खाएको कसम पनि त त्यहि थियो नि कि मुक्ति कि मृत्यु ।
लेखक अखिल क्रान्तिकारी केन्द्रय सदस्य प्रकाश जप्रेल