शंकर महरा,
नेपालको इतिहासमा बिगत लामो समयदेखि हरेक आन्दोलन र परिवर्तन का पक्षमा नेपाली विद्यार्थीहरुको सराहनीय , साहशिक र गौरवपुर्ण सहभागिता रहदै आएको छ । हजारौं विद्यार्थीहरुले अनेकौं दुख ,कष्ट , मेहनत , त्याग र बलिदान का बाबजुद बि।स। २००४ सालमा ञजयतु संस्कृतम झ नामक आन्दोलन नेपालको पहिलो आन्दोलन को एउटा अतुलनीय ,महत्त्वपूर्ण कडिका रूपमा लिन सकिन्छ । विद्यार्थीहरूले त्यो बेलामा राणा शासनको चर्को विरोध गरेका थिए । त्यो समयमा विद्यालयमा विद्यार्थीहरूलाई संस्कृत विषयमा मात्र अध्यापन गराउने गरिन्थ्यो । यस प्रकारको शैक्षिक व्यवस्थाको विरोध गर्दै विद्यार्थीहरूले संस्कृतका साथै इतिहास, नागरिकशास्त्र, भूगोलशास्त्र आदि विषयमा पनि अध्ययन गर्न पाउने माग राख्दै आन्दोलन छेडेका थिए ।
त्यसैले पनि “जयतु संस्कृतम्” नै नेपालको विद्यार्थी आन्दोलनको पहिलो प्रयास हो । यही आन्दोलनको पृष्ठभूमिमा आजका सबै विद्यार्थी सङ्गठनहरूको गठन हुँदै आएको छ । नेपालको विद्यार्थी आन्दोलनमा यो अभियानलाई एउटा कोशेढुङ्गाका रूपमा समेत लिने गरिन्छ ।
जहाँनिया राणाशासनको चर्को बिरोध गरि ,आफ्नो जिवनको प्रवाह नगरी विद्यार्थी आन्दोलन को स्थापना भएको छ । विद्यार्थी आन्दोलन देश , जनता , राजनीतिक ब्यवस्था र लाखौं युवा विद्यार्थी को सुनौलो भविस्य निर्माणका खांतिर बेपरवाह युवा विद्यार्थी हरु आन्दोलन मा हेलिएको इतिहास हाम्रा सामु साछी छ । बि।स २००४ देखि सुरु भएको संगठित “जयतु संस्कृतम “विद्यार्थी आन्दोलन , २००७ सालमा राणा बिरोधि आन्दोलन , बि।स।२०३६ सालको पन्चायत बिरोधि आन्दोलन , बि।स २०४६ सालमा बहुदल स्थापना को आन्दोलन र महान १० बर्षे जनयुद्ध र ६२र६३ को १९ दिने जनआन्दोलन लगायत राष्ट्र , राष्ट्रियता , सिमा रक्षा लगायत राष्ट्रिय मुक्ति आन्दोलनहरुमा आम विद्यार्थी र विद्यार्थी संगठन को अतुलनीय योगदान रहिआएको छ ।
नेपालको राजनैतिक ब्यवस्था नेपाली जनता र नेपाली विद्यार्थी को हितमा होस् भन्ने तीब्र ईच्छा , आंकाक्षा , चाहना का साथ पटकपटक आमूल परिवर्तन र शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न संघर्ष र आन्दोलन मा सयौं विद्यार्थी , विद्यार्थी नेताकार्यकर्ता ले सहादत प्राप्त गरेको इतिहास हाम्रा सामु जिवित छ । राष्ट्र को सबै खाले संकट र राज्यसत्ता संचालक तथा शाशक का विरुद्ध , गलत राजनैतिक ब्यवस्था का विरुद्ध, शैक्षिक बिकृती , बिसंगती , भ्रष्टाचार , कमिसन लगायत सबै खाले गलत प्रबृत्ति का विरुद्ध सयौं होनहार नेपाली आमाका सन्तानको सहादत भएको छ र त्यो अपुरो , अधुरो सपना लाई साकार पार्न र ती महान सहिद को मुल्य र साखलाई जोगाई राख्न विद्यार्थी आन्दोलनमा लागेका र लाग्ने हामी सबैको जिम्मेवारी हो ।
तर विडम्बना आज ती आफ्नो जिवनको प्रवाह नगरी बलिदान दिनुहुने महान सहिदको नाममा जीवन गुजारा गर्न केही थान विद्यार्थी नेता कार्यकर्ता हरु दलाल , बिचौलिया , कमिसनखोर , भ्रष्ट र शैक्षिक दलालमा परिणत भएका छन ।आजको विद्यार्थी राजनीतिलाई हेर्ने हो भने विद्यार्थी संगठन हरु विघटनको सङ्घारमा उभिएको देखिन्छ ।
आजको विद्यार्थी राजनीति र सङ्गठनले विद्यार्थी आन्दोलनको दिशा निर्धारण गर्न सकेन । पुरानै सोचविचार र दृष्टिकोणबाट सङ्गठनहरू सञ्चालित छन् । विद्यार्थी सङ्गठनहरूको पुरानै कार्यशैली र सङ्गठन निर्माण र बिस्तारका कारण विद्यार्थीहरू नै आजित छन् , विद्यार्थी नेताकार्यकर्ता हरुलाई आज दलाल , बिचौलिया र शैक्षिक दलाल को ट्याग लागेको छ । त्यो ट्याग लाई पखाल्नु र सुस्ताउदै गईरहेको विद्यार्थी आन्दोलन लाई माथि उठाउन गम्भीर भएर लाग्नुपर्ने समय आएको छ ।
आज विद्यार्थी आन्दोलन सत्तपक्षिय र प्रतिपक्षीय गरि दुई कित्तामा बिभाजित भएको छ । आज विद्यार्थी आन्दोलन नितान्त प्रतिपक्षीय हुनुपर्नेमा सत्तापक्षिय र प्रतिपक्षीय रूपमा स्थापित हुन खोज्दैछ र विद्यार्थीको भविस्य को कसैलाई चिन्ता र चासो देखिदैन र देखिन्छ त केवल प्रतिपक्षीय आन्दोलन को सडकबाघ का रूपमा स्थापित अनेरास्ववियु ९ क्रान्तिकारी ० को तरपनी गलत राजनैतिक ब्यवस्था का कारण निर्णायक आन्दोलन हुन सकिरहेको छैन र आन्दोलन तुहाउने खेल भईरहेका छन । विद्यार्थी नेताकार्यकर्ता हरुलाई विभिन्न बहानामा झुटा मुद्दामा फसाउने दुस्साहस भैरहेको छ , बैज्ञानिक समाजबादी व्यवस्था र बैज्ञानिक समाजबादी शिक्षाको खांतिर निरन्तर अनवरत रूपमा संघर्षरत हाम्रो विद्यार्थी संगठन लाई अनेक बहानामा विभिन्न षड्यन्त्र हरु भैरहेको कुरा आम सबैमा सर्व्विदितै छ । र पनि बेपरवाह आफ्नो लक्ष्यमा अनवरत संघर्ष गर्न हाम्रो जिम्मेवारी छ ।
शिक्षा क्षेत्र निजीकरण, व्यापारीकरण र माफियाकरणले थिलथिलो भएको छ । उद्योग र व्यवसायमा टाट पल्टिएकाहरू शिक्षामा लगानी गरिरहेका छन् । उनीहरू शिक्षाप्रेमी कहलाइएका छन् । अहिलेकै संविधानको मर्म अनुसार कक्षा १२ सम्म निजी विद्यालय रहनै पाउँदैनन् । रहे पनि तिनले निशुल्क शिक्षा दिनुपर्ने हुन्छ । तर निजी कलेज र विद्यालयको शुल्क आतंकसामु नियमनकारी निकाय लाचार छन् ।आज हजारौं हजार डिग्री होल्डर विद्यार्थी को भविस्य अन्यौलमा छ , र थुप्रै विद्यार्थीहरु बेरोजगारीको सिकार बनिरहेका छन । विद्यार्थी हकहितका लागि अहोरात्र लडने भनी सबै खाले समस्याहरूको समाधान गर्ने थलोका रूपमा स्थापना गरिएको ञ स्वबियु झ विघटनको स्थितिमा छ ।२०२२ सालमा विद्यार्थी को सङ्घर्ष र बलिदानको जगमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको समेत स्थापना भएको हो । अहिले स्बियु केहो रु भन्ने कुरा समेत विद्यार्थीहरुले बुझ्न सकिरहेका छैनन् , आज स्वबियु कुन अवस्थामा छ रु विद्यार्थीका शैक्षिक मुद्दाहरूको कुनै सुनुवाइ छैन रु हजारौं विद्यार्थीहरु पढनबाट बन्चित छन , विद्यार्थीका समस्याहरु दिनप्रतिदिन बढदै गईरहेका छन , बर्से्नि चर्को शैक्षिक शुल्क वृद्धि भैइरहेको छ , जसका कारण निकट भविस्यमा हाम्रा भाईबहिनी र नानिबाबुहरुले पढन सक्ने स्थिति देखिदैन । बिस्तारै राणाशासन को जस्तो हुनेखाने का छोराछोरी र सिमित शासक हरुका छोराछोरी ले मात्रै पढन सक्ने शिक्षा हुने स्थितिमा छ । शिक्षामा ब्यापार भएको छ , ब्यापारिकरण , निजीकरण ले शिक्षाको गुणस्तर थिलोथिलो भएको छ ।संविधानको प्रस्तावनामा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाले शिक्षा क्षेत्रमा समाजवादी आधार निर्माणको खोजी गरेको छ । संविधानले शिक्षा, स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हक भनेको छ । आधारभूत तह ९कक्षा ८ सम्म० को शिक्षा निस्शुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क हुने संविधानमा लेखिएको छ ।
यी प्रावधान कार्यान्वयनतर्फ सरकारले अग्रसरता लिएको देखिँदैन । मौलिक हक कार्यान्वयनका लागि संविधान जारी भएको तीन वर्ष्भित्र कानुन बनिसक्नुपर्छ । समय गुज्रनैलाग्दा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक संसद्मा पेस गरिएको छ । कतिपय पक्ष सकारात्मक भए पनि विधेयकले निशुल्क र अनिवार्य शिक्षाको मर्म पूर्ण रूपमा समाएको छैन । विधेयक पर्याप्त छलफलबिना पारित हुने जोखिम छ । कार्यान्वयन गर्ने निकाय मौन जस्तै देखिएका छन , चौतर्फी रूपमा कमिसन मात्रै लिईरहेका छन ।
सत्तापक्षिय विद्यार्थी संगठनले र तिनका नेताकार्यकर्ताहरुले आफ्नो माउ पार्टीका ईमानदार , शुभचिन्तक र आज्ञाकारी पात्र भएका छन , आफ्नो पार्टी सरकारमा हुंदा कमिसन खाने ,
भ्रष्टाचार गर्ने , विद्यार्थीमा भ्रम सृजना गर्ने गरिरहेका छन । सरकारमाथि अन्धभक्त झै लाचार भएर आज्ञापालक बनिरहेको दृश्य हाम्रा सामु छर्लङ्ग छ । माउ पार्टी सरकारमा हुंदा जे गरेपनि हुन्छ भन्ने मानसिकता बोकेर जे गर्यो राम्रै गर्यो भनेर वकालत गरिरहेका छन र विपक्षमा हुँदा अलिकति राम्रो गर्न प्रयत्न गरेपनी बिरोध जनाउने परिपाटी हाबी भएको कारण विद्यार्थी आन्दोलन निर्णायक र निष्कर्षमा पुग्न सकिरहेको छैन ।
आजको दिनमा बैचारिक बहस लगभग शुन्यप्राय छ , आजका यिनै विद्यार्थी नेताहरू भोलिका देश चलाउने नेता हुन र अब यिनको हातमा नेतृत्व दियो भने हाम्रो देशको भविस्य के होला रु विद्यार्थीको शैक्षिक भबिस्य के होला रु भन्ने बिसयमा निर्मम समिक्षा गरि बिचार , बिमर्श गरि बहस हुनु आजको अपरिहार्य आवश्यकता हुन आएको छ ।
देशको भबिस्य कता जादैछ रु शैक्षिक गुणस्तर किन दिनानुदिन खस्किदैछ रु शैक्षिक केन्द्रहरू बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा मात्रै किन स्थापित भएजस्तो देखिदैछन रु शिक्षामा ब्यापार किन हुदैछ रु निजीकरण किन दिनानुदिन बढदै छ रु भनेर कत्ति पनि ख्याल र चासोको बिषय भएको देखिदैन र यसमा कुनै बहस भएको देखिदैन , देखिन्छ त केवल आफू के हुने , कसरी नेता बन्ने , कसरी पुस्तौं सम्मका लागि सम्पत्ति कमाउने, कसरी कमिसन खाने , कसरी भ्रष्टाचार गर्ने , कसरी दलाली गर्ने , आदि आदि कुरामा मात्रै चिन्ता छ ।
सकारात्मक रूपमा विद्यार्थी आन्दोलन देश , राष्ट्र , समाजको हितमा , लाखौं विद्यार्थी , गरीब , मजदुर , असहाय , किसान , जनजाति , उत्पीडित , उपेक्षित बर्ग का लागि हुनुपर्छ र हुनुपर्थ्यो भन्ने चिन्ता र चासोको बिषय देखिदैन । समाज , संस्कृति , समुदाय , उत्पीडित , उपेक्षित को बिषयमा बिचार बिमर्श नगरी बहस नगरी पानीजहाज , रेल , रोडका कुरा गरेर बिकास हुदैछ भन्ने भ्रम देखाई खै कुन समाजबाद मा पुग्ने लक्ष राखेर कस्तो समाजबादी अभियान मा लागेको रुरु यहाँनेर गम्भीर हुनु जरुरी छ । विद्यार्थीको आधारभूत आवश्यकता को प्रवाह नगरी मन्त्री , सांसद को असिस्टेन्ट ९पिए० बन्न र उनीहरुको आज्ञाकारी बन्ने होडबाजी गरिरहेका छन , नितान्त प्रतिपक्षी हुनुपर्ने विद्यार्थी आन्दोलन आज विडम्बना दुई कित्तामा बिभाजन भएका छन अनि कसरी निष्कर्षमा पुग्न सक्छ विद्यार्थी आन्दोलन रु आजको बिस्वमा विभिन्न नयाँनयाँ खोजअनुसन्धान , बिज्ञान प्रबिधि को आविस्कार भैरहेका छन भने विडम्बना नेपालमा गास , बास र कपासकै लडाइँ छ यो भन्दा माथी सोच्न सकिरहेका छैनन् । नेपालको परिपेक्ष्यमा बिज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरु केवल शिक्षण पेशाका लागि मात्रै पढिरहेको जस्तो भैरहेको छ त अनि कहिले बन्छन त बिज्ञान बिषय पढेर बैज्ञानिक रु कहिले गर्छन बिज्ञान , प्रबिधि मा बिकास रु आजका बुद्धिजीवी भनिनेहरु गुलाम बनिरहेका छन , सिमित स्वार्थ पुर्ती गर्नमै ब्यस्त छन , देश , समाज राष्ट्र को कुनै चिन्ता छैन रु दिनहुुँ ब्यापार घाटा लागेर देशको टांट पल्टिने अवस्था छ । हाम्रा बिश्वबिद्धालय हरु आज दक्ष अनुभवी लेक्चर , प्रोफेसर , को अभावमा कामचलाउ भएका छन , केवल बेरोजगार उत्पादन गर्ने कारखाना को रुपमा स्थापना गरिएका हुन कि भन्ने जस्तो भएको छ । कसरी स्वाभिमानी , सृजनशिल , ब्यावहारिक , बैज्ञानिक बनाउने रु यो निकै चुनौतीपूर्ण कुरा छ , सबै मुनाफा हेरिरहेका छन , ब्यापार ब्यवसाय जस्तो सोचिरहेको देखिन्छ रत कसरी बिकास , समृद्धि हुन्छ रु त्यसकारण आजको युगमा सचेतता पुर्वक नेपालका लाखौं विद्यार्थीहरु जागरुक गराउन हाम्रो जिम्मेवारी थपिएको महसुस भएको छ र सबै क्रान्तिकारी हरुले निस्वार्थ मुक्तिमोर्चा को नेतृत्व गर्न अहिलेको आवश्यकता हो र यसका लागि राष्ट्रिय जागरण अभियान चलाउन हामी सबैको काधमा जिम्मेवारी आएको छ । त्यसकारण एकचोटि सम्पुर्ण बुद्धिजीवी , शिक्षाप्रेमी , शिक्षाबिद, प्राज्ञ ब्याक्तित्व हरुका माझ बृहत् अन्तरक्रिया गरेर देशब्यापी अभियान गर्न आजको आवस्यकता देखिन्छ ।
समकालीन स्थितिमा विद्यार्थी आन्दोलनमा दुई धार जसमा सत्तापक्षिय र प्रतिपक्षीय भएर प्रश्नै प्रश्नको घेरामा छ । इतिहास साक्षी छ, राष्ट्रियतामाथी गिद्देनजर लाग्दा सबैभन्दा पहिला सडकमा विद्यार्थी ओर्लिनु पर्ने हो, सडक तताउनु पर्ने थियो तर हाम्रो संगठन बाहेक अरुले खासै चिन्ता र चासो देखाएजस्तो छैन, हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्दा सार्वजनिक मुद्दा झुल्नुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । स्वाधीनता रक्षाको लडाइँको ध्वजा क्रान्तिकारी हरुले फरफराउन पाईरहेका छैनन् । जनता लाई समस्या समस्या पर्दा, जनजीवन अस्तब्यस्त हुँदा , जिबिकोपार्जन गर्न धौधौ हुँदा सरकारलाई झकझकाउन विद्यार्थी अग्रसर हुनुपर्ने हो तर सत्तापक्षिय विद्यार्थी संगठन का साथीहरू खासै बोल्न सकिरहेका छैनन् । हरेक राजनीतिक आन्दोलनलाई निर्णायक बनाउने शक्ति विद्यार्थी हो । बिस्वको इतिहासमा सडकबाटै प्रतिपक्षीय मोर्चा सम्हाल्ने दायित्व पनि विद्यार्थी आन्दोलनले निर्वाह गर्दै आएको छ र नेपालमा पनि हुनुपर्थ्यो तर यहाँ आन्दोलन बिभाजन भएको छ । यी सबै कारणले नेपालको विद्यार्थी आन्दोलन सुस्ताएको छ र यसलाई जागरुक गर्न हाम्रो संगठन ले निकै नै मेहनत गरिरहनुपरेको छ तरपनी राज्यसत्ताको श्वेत आतंक ले हामी र हाम्रो संगठन ले निर्णायक आन्दोलन गर्न थुप्रै समस्या र चुनौती मोल्नुपरेको छ ।
पञ्चायतकालमा राजनीतिक दल प्रतिबन्धित थिए , वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता वर्जित थियो , हो ठिकै आज पनि त्योभन्दा पनि बढी हाम्रो संगठन लाई प्रतिबन्ध गरेको छ ।हामीलाई हाम्रो अतिक्रमण भएको सिमाका लागि बोल्न र प्रदर्शन गर्न पाईरहेका छैनौं , भख्खरै अतिक्रमीत भुमि दार्चुलाको कालापानी ,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भनेर प्रदर्शन मा उत्रेका विद्यार्थी माथी धरपकड , दमन , ज्यादती गर्दै सार्वजनिक मुद्दामा हिरासतमा राखिरहेको अवस्था छ यी अनेक धरपकड र दमनका बाबजुद हाम्रो विद्यार्थी संगठनहरूले खुला गतिविधि गरेर आफ्नो भुमी रक्षा का लागि निरन्तर अनवरत रूपमा आफ्ना गतिविधि गरिरहेको देख्दा निकै नै उत्साहित र गौरवान्वित बनाएको छ । निरङ्कुश केपि ,रामबहादुर र पिके मंडली को शासनका विरुद्ध जनतालाई सचेत, संगठित र आन्दोलित गर्दै नयाँ बाटो पहिल्याउन अगुवाइ गरेर बैज्ञानिक समाजबाद को सुन्दर सपना संगै क्रान्तिको महाअभियानमा सहभागी हुन र गराउन आम सचेत राष्ट्रभक्त विद्यार्थीहरुलाई जिम्मेवारपुर्वक आफ्नो अधिकार का लागि सबै मिलेर एकजुट भएर निर्णायक संघर्षमा जानू नै अहिलेको मुख्य कार्यभार रहेको छ । अन्तमा देश निकै नै संकटमा छ, देश रोईरहेको छ, सिमा मिचिएका छन, सिमामा ज्यादती भैरहेको छ र हामी नवजवान युवा विद्यार्थी हरुले आफुलाई आन्दोलनको नेतृत्व लिने तहमा उभ्याउनु नै युगको आवस्यकता छ, यहि आवस्यकता बोध गरि एकीकृत ढंगले सबैखाले बिकृती बिसंगतिका विरुद्ध अन्तिम निर्णायक संघर्षको मैदानमा जानुको बिकल्प छैन, सबैखाले असमानता का विरुद्ध एकजुट भई निर्णायक आन्दोलनमा होमिन जरुरी भएको छ र यसका लागि सचेत युवा विद्यार्थी हरुलाई बिशेस अपिल गरिन्छ । शंकर महरा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हुन ।