कञ्चनपुर फाल्गुन १ ,नेकपा विप्लव पार्टी निकटका अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय संयोजक बिरेन्द्र लुहारसहित तीन जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका १८ कटान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा रहेको सहिद सरद अवस्थी स्मृति पार्कमा दिप प्रज्जोलन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले क्रान्तिकारीका भेरी कर्णाली संयोजक बिरेन्द्र लुहार सहित अन्य दुई कार्यकर्ता हरक लुहार र अर्जुन विकालाई समेत पक्राउ गरेको जानकारी दिनुभयो ।

विहीबार उनीहरुमाथि थप अनुसन्धानका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सात दिनको म्याद थप गरिएको छ ।‘उनीहरुमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरेका छौं’ प्रवक्ता पौडेलले भने सरकार द्धारा ‘प्रतिबन्धित पार्टीका भएकाले नियन्त्रणमा लिएका बताउनुभयो ।

प्रतिक्रिया दिनुस